भीमफेदीमा सुमो दुर्घटना, प्रमान्द चौधरीको मृत्यु

मकवानपुरको भीमफेदी-९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। हेटौँडातर्फ आउँदै गरेको ना१ज ४१८० नम्बरको सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पताल गएराति १२ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, मनोजकी श्रीमती २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई-१० का ३२ बर्षीय प्रदिपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ वर्षीय मधुकर यादव गम्भीर घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते भएका अन्य ६ जना उपचारपछि डिस्चार्ज भएको प्रहरीको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *