मिस्टर एन्ड मिस थारुको तीन जिल्लामा अडिसन, १४ जना छनौट

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) तीन जिल्लामा सम्पन्न भएको छ। वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको पहिलो चरणमा आज (शनिबार) चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज र मोरङको विराटनगरमा अडिसन सम्पन्न भएको हो।

चितवन अडिसनबाट ७ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा सोनु चौधरी, जस्मी चौधरी, जयराम खा चौधरी, अविनाश महतो, रविन चौधरी, निवेश चौधरी र पवित्रा कुमारी चौधरी रहेको वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए । चितवन अडिसनमा २० जना युवायुवती सहभागि थिए । निर्णायकको रुपमा मिस इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल अर्थ २०१६ रोश्नी खत्री, पत्रकार एवंम समाजसेवी कारी महतो, फोटोग्राफर एवंम फिल्म मेकर निरज महतो रहेका थिए ।

यी हुन् छनौट हुनेहरु, भिडियोमा हेर्नुस्:

यस्तै शनिबार नै विराटनगरमा भएको अडिसनबाट ५ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा आशकुमार चौधरी, अस्मिता चौधरी, त्रिसिना चौधरी, सुजता चौधरी र बियक्स चौधरी रहेको जह इन्टरटेनमेन्टका इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । यस अडिसनमा निर्णायकको भूमिकामा मिस थारु २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरी, थारु कलाकेन्द्रका अध्यक्ष एवंम गायक देव कृष्ण विश्वास, कलाकार एवंम निर्देशक प्रदीप कुमार चौधरी र गायिका गीता चौधरी रहेकी थिइन् ।

यसैगरी शनिबार नै भएको नेपालगञ्ज अडिसनबाट २ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा सुस्मिता चौधरी र प्रेरणा चौधरी रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । यस अडिसनमा गायिका एवंम कलाकार श्रीदेवी थारु, कलाकार सुनिता दहित, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरी, पत्रकार प्रज्वल कुमार श्रेष्ठ र व्यवसायी शिवाङगीनी राना रहेका थिए ।

यस प्रतियोगिताको दोस्रो चरणमा यही माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ । त्यसैगरि फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए ।

अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।

पहिलो र दोस्रो संस्करणको सफलतापश्चात आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *