सुरु भयो शान्ता चौधरीको फिटनेश सेन्टर

संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छन्। राजनीति पेसा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन, ‘राजनीति पेसा होइन सेवा हो। हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु। त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटी पार्लरको शुरुआत गरेको छु।’




One thought on “सुरु भयो शान्ता चौधरीको फिटनेश सेन्टर

  1. ल सुनेर खुशी लाग्यो ।सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *