कोरोना प्रभावित विपन्न परिवारलाई न्यायो कपडा वितरण

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा सञ्चालित ट्याग परियोजनाअनतर्गत आपतकालीन सहयोग कोषअन्तर्ग कोभिड-१९ कारणबाट प्रभावित भएका विपन्न वर्गाका परिवारका ७ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
रिड नेपालको सहयोगमा सञ्चालनमा रहेको ट्याग परियोजनाअन्तर्गत स्थापना गरिएको कोभिड-१९, आपतकालीन कोषमा बढैयाताल गा.पा. वडा नं. ८ को कार्यालय, श्री विद्याज्योति नमूना माध्यामिक विद्यालय, कण्ठपुर, साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिका, कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र दीप लगन महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकार्य गरेकाथिए।
बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतमको प्रमुख आतिथ्यता र बढैया ताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको विशेष आतिथ्यमा राहत वितरण गरिएको थियो। बढैया ताल गाउँपालिका वडा नं. ७, ८ र ९ का ४८ जना अतिविपन्न परिवारका १० जना बालबालिकासहित ३८ जना वृद्धाहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वक्ताहरुले कोभिड-१९ बाट प्रभावित र प्रभावित हुनसक्ने विपन्न परिवारहरुलाई जाडोकालुगा वितरण गर्नु राम्रो काम भएको, यसले कोभिड-१९ बाट बच्न र सचेतना जगाउन सहयोग पुग्ने बताए। वडाध्यक्ष, वडा सदस्य, पुस्तकालय व्यवस्थापन समिति, सल्लाहकार समिति, समाजसेवी, विद्यालयका प्रअ, प्रहरी, सहयोगी संघसंस्था, ट्याग परियोजनाका सहभागी र पुस्तकालय कर्मचारीहरुको सहभागिता रहेको थियो।
अध्यक्ष सुशील चौधरीले आपतकालीन कोषमार्फत निरन्तररुपमा सहयोग जारी राख्ने बताए। पुस्तकालयका कार्यक्रम संस्थाकी बाल कक्ष संयोजक पवित्रा अर्यालको अध्यक्षतामा भएको थियो भने सञ्चालन पुस्तकालयकी समिति सदस्य शोभा अधिकारीले गरेकी थिइन्।
Facebook Comment