परम्परागत ज्ञान-सीप संरक्षणका लागि थारु आयोगद्वारा गुरौहरुसँग अन्तरक्रिया

थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो।

सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जंगली जनावरहरुबाट बच्न र बचाउन थारु गुरौहरुको परम्परागत ज्ञानकै सहारा लिदैं आएको सहभागीहरुले बताए। ‘नेपाल सरकारले गरेको लकडाउन र क्वारेन्टिन हामीले विभिन्न महामारीको समयमा सयौं वर्ष अगाडिदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौं,’ सहभागी गुरौहरुले बताए।

परिवार नियोजनका लागि थारु गुरौहरुले सयौं वर्ष अगाडिदेखि जडीबुटीबाटै सफलता हासिल गरी हालसम्म सफल प्रयोग गरिरहेको बताए। सामान्य रोगव्याधिदेखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत थुप्रै रोगहरुको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन्।

थारु परम्परागत ज्ञानसीप र प्रविधिहरु व्यावसायीकरण र पुस्ताहस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोले यस्ता ज्ञानसीप र प्रविधिहरु संरक्षण गर्नुका साथै पेटेन्ट राइट स्थापित गर्नका लागि थारु आयोगले पहल गरेको आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले बताए।
अर्को एक प्रसंगमा थारु आयोगको सिफारिस बिना नै नेपाल सरकारले राना थारुलाई थारु समुदायबाट अलग गरेकोमा आयोगका अध्यक्ष चौधरीले आपत्ति जनाएका छन्। ‘राना थारुहरु अलग हुनुपर्ने जरुरी थिएन,’ अध्यक्ष चौधरीले बताए।

राना थारुहरु अलग भए पनि आयोगले राना थारुलगायत सम्पूर्ण थारु समुदायको संवैधानिक हकअधिकार, पहिचान र सशक्तिकरणसम्बन्धि कार्यक्रमहरु तीब्रताका साथ अगाडि सारेको अध्यक्ष चौधरीले बताए।

थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनैतिक पँहुच वृद्धि गर्ने कार्यक्रमलाई सबैभन्दा प्राथमिकताकासाथ अगाडि लैजानुपर्ने बताएका छन्।

थारु कल्याणकारिणी सभा नवलपरासीका जिल्ला सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भएता पनि नेपाल सरकारले कानूनी मान्यता दिन नसकेकोले लोप हुन लागेको बताए।

कार्यक्रममा थारु आयोगका उपसचिव अन्जुसिंह के।सी।ले कार्यक्रमको औचित्य बारे र उपसचिव पद्मनिधि सोतीले थारु आयोगबारे संक्षिप्त जानकारी प्रस्तुत रेकी थिइन३।
त्यस्तै पत्रकार तथा साहित्यकार डा। कृष्णराज सर्वहारीले थारु गुरौहरुमा भएको ज्ञान, सीप सम्बन्धि र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धि जानकारी प्रस्तुत गरेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *