बुबाको पार्थिव शरीरमा छोरी अञ्जु चौधरीले दिइन् दागबत्ति

दिवंगत बुबाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ति दिएकी छन्। घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ वर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागबत्ति दिएकी हुन्।
सम्भवत दाङ उपत्यमामा थारु समुदायमा पहिलोपटक दिंवगत बुवालाई छोरीले दागवत्ति दिएको घटना हुनसक्छ। हिन्दू संस्कारअनुसार छोराले दागबत्ति दिने परम्परा रहँदै आए पनि त्यो परम्परालाई चिर्दै अन्जुले दिंवगत बुबाको पार्थिव शरीरमा दागबत्ति दिएकी हुन्।
विगत लामो समयदेखि मुटुको विरामी रहेका चौधरीको बुधबार विहान आफ्नै निवासमा निधन भएको थियो। दिंवगत चौधरीको ४ छोरी छन्। चार छोरीमध्ये तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छारी अन्जुले बुबालाई रेखदेख गर्दै आएकी थिइन्।
Facebook Comment