डीएसपी भरतराज चौधरी सम्पर्कविहीन बनेपछि उनको ठाउँमा नयाँ इन्चार्ज

इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज डीएसपी भरतराज चौधरी सम्पर्कविहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले डीएसपी प्रेमबहादुर शाहीलाई त्यहाँ काज सरुवा गरेको हो। उनी लागूऔषध नियन्त्रण ब्युरो, बबरममहलमा कार्यरत थिए। मालाखेतीका डीएसपी भरतराज चौधरी मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएका थिए।

बुधबार बिहान उनी गोदावरी नगरपालिकामा एक होटलको नजिकै भेटिएका थिए। स्थानीयले चौधरी युवतीसँग भेटिएको बताएपछि प्रकरणमा प्रदेश प्रहरी कार्यालयले छानविन गरिरहेको छ। चौधरीमाथि छानविनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको नेतृत्वमा छानविन समिति बनाएको छ।

समितिले प्रारम्भिक छानविनमा चौधरीले जिम्मेवारीमा रहँदा लापरबाही गरेको निष्कर्ष निकालेको छ। मालाखेतीमा डीएसपी चौधरीको सरुवा भएको दुई महिना मात्र पुगेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *