कोरोनाबाट बच्ने मुख्य उपाय सचेतना नै हो : नगर प्रमुख चौधरी

कोरोना सम्बन्धी सचेतना जगाउने उदेश्यले रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा शुक्रबारदेखि सहायता कक्षको स्थापना गरिएको छ । उक्त सहायता कक्षको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गरेका छन् । सहायता कक्षको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै सचेतना भएको बताएका छन् ।

सहायता कक्षबाट आम नगरबासीहरुलाई कोरोना संक्रमणबाट जोगाउन अहम भुमिका निर्वाह गर्ने नगर प्रमुख चौधरीले बताए । उनले आफना नागरिकलाई कोभिडको संक्रमण हुन नदिन स्वास्थ्य सेबाको पहुच पुरयाउने र बच्ने उपायको बारेमा समय समयमा जानकारी गराउँदै आएको बताए । सोही कार्यक्रममा उपप्रमुख रामरती चौधरीले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिडको संक्रमण हुन नदिन नगरपालिकाले बिभिन्न निकाय संगको समन्वयमा कार्य गर्दै आएको बताए ।

नगरबासीको स्वास्थ्य अबस्था बिग्रन नदिन र तन्दुरुस्त राख्न हरेक उपाय गरिएको उनले बताए । कार्यक्रममा पत्रकार संजय कार्कीले सहायता कक्षबाट आम नागरिक सु सुचित हुने विश्वास रहेको बताएका छन् । सो सहायताकक्ष युएसएआईडीको र तयार नेपालको सहयोगमा सोडेक नेपालको सहजिकरण र चन्द्रपुर नगरपालिका कार्यालय रौतहटको सहकार्यमा संचालनमा ल्याइएको हो ।

कार्यक्रमको उदेश्यबारे तयार नेपालका प्रतिनिधि उमाशंकर यादबले प्रकाश पारेका थिए । कोरोना संक्रमणबाट जोगिने उपायहरुबाट आम नागरिकलाइ सहज रुपमा उपलब्ध गराउने उदेश्यले डेक्स स्थापना गरेको यादबले जानकारी दिएका छन् । युसआइडि र तयार नेपालको सहयोगमा चन्द्रपुर नगरपालिकाको वाड नं. २,८ र १० मा ३ वटा परियोजना पनि संचालनमा रहेको उनले जानकारी दिएका छन् ।

यसैगरी यी ३ वटै वाडका करिब १ सय ५७ जना कोभिडबाट प्रभाबित युवाहरुलाई सर्सतमा बिभिन्न ब्यबसायिक रुपमा रोजगारीको अबसर दिलाउन पनि संस्थाले सहयोग गरेको उनले बताए । सो कार्यक्रम सोडेक नेपालको अध्यक्ष रामपुकार यादबको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन कोपिला तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका कर्मचारी, तयार नेपाल र सोडेक नेपालका कर्मचारीका साथै संचारकर्मीको उपस्थीती रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *