लेखक एवं पत्रकार मनोज चौधरीलाई पितृशोक

लेखक एवं थारु पत्रकार संघ चितवनका उपाध्यक्ष मनाेज चाैधरीलाई पितृशोक परेको छ। `टुकी´ उपन्यासका लेखकसमेत रहेका चौधरीका बुबा शिखाराम महताेको ६७ वर्षकाे उमेरमा आइतबार विहान भरतपुर-२५ शुक्रनगरस्थित आफ्नै निवास निधन भएको हो।
स्वर्गीय चौधरी लामाे समयदेखि रक्तक्यान्सर, सिभर एनिमियाकाे विरामी थिए। चौधरीको आज नै देवघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
स्वर्गीय चौधरीका चार छोरी र दुई छोरा छन्। मनोज कान्छा छोरा हुन्।
Facebook Comment