२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौना थारु पक्राउ

बर्दियामा २३ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ४ का ३२ वर्षीय गौना थारु छन्।

गौनाले ती युवतीलाई सोही नगरपालिका ४, पदनाहामा बलात्कार गरेको खुलेको छ। इलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसअघि २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका थिए।

प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडि लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *