जसपा बर्दियाको एकीकरण प्रक्रिया अघि बढ्यो, चिरञ्जीबी राम थारुको नेतृत्वमा कार्यदल गठन

बर्दियाको तत्कालीन संघीय समाजवादी पार्टी र राजपाबीच संयुक्त बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले पार्टी एकीकरणका लागि चिरञ्जीबी राम थारुको नेतृत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको छ।

उक्त कार्यदलले बर्दियामा यी दुई पार्टीबीचको एकता पूर्ण गराउनका निम्ति भूमिका खेल्नेछ। दुई पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मंसिर मसान्तसम्म पार्टी एकीकरणलाई पूर्णता पार्ने म्यान्डे लिएको छ।

गत कात्तिक ३-४ गते बसेको केन्द्रीयकारिणी समितिको बैठकले संघीय परिषद् गठन गर्दै यस्तो रणनीति तय गरेको थियो।

जसपाले एकतालाई पूर्णता दिन सात वटै प्रदेशका लानि कार्यदलसमेत बनाएको छ। जसअन्तर्गत लुम्बिनी प्रदेशको कार्यदलमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ सुक्ला र अमृता अग्रहरी रहेका छन्।

यही कार्यदलले, लुम्बिनी प्रदेशक कमिटी, जिल्ला कमिटी, नगर र वडा कमिटीलाई पूर्णता प्रदान गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *