जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, रेशम चौधरीबारे केही निर्णय गर्लान्?

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ।

बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, समायोजन लगायतका एजेन्डा रहेका नेता केशव झाले जानकारी दिए। तर हाल जेलमा रहेका रेशम चौधरीको बारेमा के कस्तो निर्णय गर्ने हुन् भन्ने चासो आम थारुको रहेको छ। यसबारे पनि छलफल चल्ने बताइएको छ।

जसपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।

जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिकाे बैठक हो। यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो। त्यतिबेला बैठक बसेको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानमै यो बैठक पनि बस्ने बताइएको छ।

गत बैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी गठन भएको थियो। एकता भए पनि समायोजजन र कार्यविभाजन लगायतका काम सकिएको छैन।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *