‘कोरोना भाइरस र लकडाउनले थारु समुदायमा पनि ठूलो असर पुर्‍याएको छ’

थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीले एक कार्यक्रमका बीच शनिबार बुटवलको सुख्खानगर स्थित स्पन होटलमा लक डाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा विजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीका अध्यक्ष राज चौधरीको अध्यक्षता तथा थारु कल्याणकरिणी सभा रुपन्देहीका अध्यक्ष शतिस कुमार चौधरीको प्रमुख अतिथ्यतामा लक डाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति समेत रहेका शतिस कुमार चौधरीले लकडाउनले नेपाली समाजमा सामाजिक तथा आर्थिकरुपमा असर परेको बताउँदै दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्गलाई ठुलो समस्या झेल्नु परेको औंल्याए ।

उनले विशेषगरी उत्पीडित आदिवासी, थारु समुदायमा दैनिक रोजिरोटीको जोहो गर्ने श्रमिकहरुले लक डाउनले ठुलो समस्या झेल्नु परेको बताए । उनले भने, ‘कोरोना भाइरसको महामारीले नेपाली समाज आक्रान्त छ । हाम्रो थारु समुदायमा पनि लक डाउनले ठुलो असर पुगेको छ । विकल्प विन गरिएको लक डाउनले मनिसहरुमा मनोबौज्ञनिक त्रास फैलिएको छ ।’

उनले एकातिर महामारीको त्रास छ, भने अर्कातर्फ आर्थिक दायित्वको सीमा, आफ्नो रोजगारी तथा व्यवसाय पुरानै अवस्थामा सञ्चालन हुने नहुने अन्योल समेत बढ्दै जाँदा समुदायमा मनोबैज्ञनिक असरसमेत परेको बताए । अध्यक्ष चौधरीले समुदायमा आर्थिक र मनोबैज्ञनिक त्रासको कारण आत्म हत्याको दर बढ्दै गएको बताउँदै यस तर्फ राज्यको ध्यान समयमा नै पुग्न जरुरी रहेको बताए ।

त्यस्तै कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरीले कोभिड १९ ले मिडियमासमेत ठूलो असर पुगेको बताएका थिए । उनले धेरै पत्रकारहरुको रोजगारी गुमेको र फ्रन्ट लाईनमा काम गर्ने पत्रकारहरुलाई कोरोना संक्रमित भएकोले समस्या माथि झन् समस्या झेल्नु परेको बताए । उनले पत्रकारहरु न्युनतम सुरक्षाका उपायहरु अपनाएर रिपोर्टिङ्ग गर्न अग्रह गर्दै मिडिया मार्फत हरेक उत्पीडित जातजाति समुदायको आवाजहरुलाई आफुहरुले बुलण्ड गर्दै जाने बताए ।

त्यस्तै कार्यक्रममा थारु कल्याणकरिणी सभाका जिल्ला सचिव सरिता चौधरीले समुदायका हरेक क्रियाकलापलाई राजनीतिक दृष्ट्रिले हेर्न नहुने बताइन् । उनले सवै समुदायका क्रियाकलापहरुलाई राजनीतिक आँखाले हेर्दा असली पीडित झन् पीडित हुन पुगेको अरोप लगाइन् । उनले लक डाउनले थारु समुदायमा ठूलो असर पुगेको बताउँदै रुपन्देहीमा थाकसले आफ्नो १६ वटै तहहरुमा लक डाउनको असरबारे छिट्टै अन्तर्क्रिया गर्ने बताइन्।

उनले थारु समुदायमा अझै पनि राजनीतिक क्षेत्रमा पहुँच नहुँदा उत्पीडित समुदायले पाउँने सेवा सुविधाबाट बञ्चित भएको बताउँदै थारु समुदायको हरेक सेवा सुविधा देखि अधिकार र पहिचानको लागि आफुहरु एक जुट हुन जरुरी रहेको बताइन् ।

त्यस्तै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापाले आदिवासी जनजाति पत्रकारहरुलाई मिडियामा टिक्न निकै समस्या रहेको बताए । उनले कोभिड-१९ ले पत्रकारको मनसिक असर पर्नुको साथै धेरै मिडियाहरु बन्दहुने र कर्मचारी कटौतिले गर्द समस्या माथि झन समस्या भोग्नु परेको बताए । उनले आदिवासी जनजाति समुदायमा लक डाउनले समाजिक तथा आर्थिक रुपमा ठुलो असर पुगेको बताए ।

त्यस्तै बुद्ध टिभिका स्टेशन म्यानेजर बिक्रम खड्कले लक डाउनले सम्पूर्ण पत्रकारहरु संकटमा रहेको प्रतिक्रिया दिए । उनले पत्रकार मात्र नभएर हरेक क्षेत्र, वर्गका मनिसहरु अहिले ठुलो समस्या झेल्नु परेको बताए । उनले संकटको समयमा राज्यले अभिभावकको भुमिका खेल्नुपर्ने हो तर गरिब मजदुर वर्गलाई राहत दिन सरकारलाई आर्थिक संकट हुने तर संकटको समयमा राजधानी सर्न सरकारसगं पैसा हुने भनेर अरोप लगाए ।

अन्र्तक्रिया कार्यक्रममा थारु पत्रकार संघ नेपाल कपिलबस्तुका अध्यक्ष श्याम सि.टि, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्य समिति सदस्य एवं पूर्व थारु पत्रकार संघका रुपन्देही जिल्ला अध्यक्ष हिक्मत चौधरी लगायतले बोल्दै मिडिया मार्फत आफुहरुले उत्पीडित जातजाति समुदायको आवाजहरुलाई बुलण्ड रुपमा उठाउने बताए । त्यस्तै उनीहरुले संकटको समयमा राज्यले अभिभावकको भुमिका निभाउन आग्रह समेत गरे ।

थारु काल्याकारिणी सभा रुपन्देहीको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रम थारु पत्रकार संघ नेपाल शाखाका उपाध्यक्ष अनिता चौधरीको स्वागत र सचिव मंञ्जित चौधरीको संचालनमा सम्पन्न भएको थियो । फ्रन्ट लाइनमा काम गर्ने पत्रकारहरुलाई काम गर्न सजिलो होस्, भन्ने उद्देश्यले थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष शतिस कुमार चौधरीले पत्रकारहरुलाई सुरक्षाका समाग्रीहरु सेनेटाईजर र मक्स वितरणर समेत गरेका थिए ।

साथै अन्तर्क्रिया कार्यक्रममा वडा दशैंको शुभकामना अदान प्रदान गर्नुको साथै सोही कार्यक्रममा केही हद सम्म समाचार संकलन गर्न सहज होस्, भन्ने उद्देश्यले थारु पत्रकारलाई थारु पत्रकार संघ नेपालले केन्द्रिय कार्य समितिले जिल्ला शाखालाई प्रदान गरेको प्रेस ज्याकेट समेत वितरण गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *