लुम्बिनी प्रदेश कायम भए पनि थरुहटको मुद्दा छाडेका छैनौं : डा. गोपाल दहित

नेपाली कैंग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. गोपाल दहितले थरुहटको मुद्दा अहिल्यै नछाडेको बताएका छन्।

थारु बाहुल्य प्रदेश ५ को नामाकरण लुम्बिनी भएसँगै थारु नेताहरुले कतै थरुहट/थारुवानको मुद्दा छाडेको त होइनन् भन्ने प्रश्न आम थारुहरुमा रहेको छ। यसै सन्दर्भमा थरुहट आन्दोलनका अगुवा एवं तत्कालीन थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता डा. दहितसँग हामीले यही प्रश्न गरेका छौं।

उनले थरुहट प्रदेशको क्षेत्र प्रदेश ५ मात्र नभएको र त्यतिबेला झपादेखि कञ्चनपुरसम्मको भूगोललाई थरुहट प्रदेश कायम हुनुपर्ने मागसहित विभिन्न चरणमा आनदोलन गरेको प्रस्ट्याए। ‘थरुहट प्रदेशको मुद्दा केवल प्रदेश ५ होइन। हामीले झापादेखि कञ्चनपुरसम्मको भूगोललाई थरुहट प्रदेश बनउनुपर्छ भनेर आन्दोलन गरेका थियौं। तर राज्यले त्यो थरुहट प्रदेशलाई सात टुक्रामा विभाजन गरिदियो। पहिचानवादी त्यस्ता पार्टी/संगठनहरुलाई थ्रेस होल्डका नाममा मर्जरमा जान बाध्य बनायो,’ उनले भने।

उनले फोरम लोकतान्त्रिक हुँदै अहिले नेपालीका कांग्रेसमा समाहित भए पनि थरुहटको मुद्‍दा अहिल्यै छाड्‍न नमिल्ने बताए। उनले अहिले मूल कुरा संविधानले दिएको अधिकार सुनिश्च गर्नुपर्ने बताए। ‘संविधानमा पहिलोपटक थारु शब्द स्वीकार गरेको छ। जुन यसअघि कुनै संविधानमा लेखिएको थिएन। संविधानले संवैधानिक थारु आयोग, समानुपातिक समावेशिताको अधिकार दिएको छ। संविधानले सुनिश्चि गरेका यी अधिकारहरु कार्यन्वयनमा लैजानुपर्छ,’ उनले भने।

तर, जुनसुकै पार्टीमा समाहित भए पनि पहिचानवादी नेताहरुले विगतका आफ्ना मागहरु भुल्न हुँदैन। त्यसका लागि रणनीतिक हिसाब अगाडि बढ्नुपर्ने उनले बताए।

हेर्नुस् डा. गोपाल दहितको भिडियो:




Leave a Reply

Your email address will not be published. Required fields are marked *