वृद्ध तर जोश युवाको जस्तै

चन्द्रकान्त लगातार ३० वर्ष प्रधानपञ्च भएर नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी कांग्रेसमा आबद्ध भए । ०४९ सालको स्थानीय चुनावमा कांग्रेसबाट उनी सप्तरीको पाता गाविस अध्यक्षमा निर्वाचित भए । अहिले राजपाबाट प्रतिनिधि सभाको सदस्य चुनिएका उनी राजनीतिमा हार्न जानेका छैनन् ।

लालसा हुनुपर्छ, राजनीति गर्नलाई उमेरले छेक्दैन । उनले ७१ वर्ष पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको इच्छा मरेको छैन । हुन त उनी पञ्चायतकालमा प्रधानपञ्च हुँदै गाउँ ठाउँको विकासमा लागेका थिए । त्यो क्रम अहिले पनि कायमै छ ।

देशमा भएका विभिन्न कालखण्डका राजनीतिक घटनाक्रमका साक्षी चन्द्रकान्त चौधरी २००४ सालमा सप्तरीको पातो गाउँमा बुबा उमाकान्त चौधरी र आमा युदामणि चौधराइनको कोखबाट जन्मिएका थिए । राम्रो पारिवारिक वातावरणमा जन्मिएका उनको लालन पोषण पनि राम्रोसँग भयो । बुबाले छोरालाई पढ्नुपर्छ भनेर राम्रो शिक्षा दिन छिमेकी देश भारत पठाए । चन्द्रकान्तले भारतबाट म्याट्रिक पास गरे । उनी नेपाल आएको केही समयमै सो क्षेत्रका प्रधानपञ्च भए ।

प्रधानपञ्च भएपछि उनले समाज परिवर्तन गर्ने उपायहरुबारे चिन्तनमनन गर्न थाले । शिक्षा नै त्यस्तो चिज हो, जसले मानिसलाई ज्ञानगुनका कुरा मात्र सिकाउँदैन, आत्सम्मान र व्यक्तिगत क्षमताको पनि विकास हुने भन्दै उनले गाउँमा स्कुल खोल्ने निर्णय गरे । त्यसका लागि चाहिने जमिन र पूर्वाधारहरुको खोजी पनि उनी आफैँले गरे । त्यसबेला उनले स्कुलका लागि ४७ विघा जमिन दान गरेको सम्झिन्छन् । ‘त्यतिबेला नेपाली जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर शिक्षामा लगानी गरेँ । ती दिन अहिले सम्झिँदा बडो खुसी लाग्छ,’ चन्द्रकान्त विगत सम्झिन्छन् ।

चन्द्रकान्त लगातार ३० वर्ष प्रधानपञ्च भएर नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी नेपाली कांग्रेसमा आबद्ध भए । सामाजिक अभियन्ता र राजनेताको परिचयसमेत बनाएका उनलाई ०४९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट दियो । उक्त चुनावमा पनि उनी पाता गाविस अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनले जनताप्रतिको आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गरे ।

पार्टीभित्र पनि उनी जिल्ला कमिटी हुँदै केन्द्रीय नेतृत्वसम्मै पहुँच बनाए । ०६२–०६३ को जनआन्दोलनपछि धेरै नयाँ अनुहारहरु आए । लगत्तै भएको पहिलो संविधान सभा चुनावमा उनी तथस्त बसे । एक दसकको विश्रामपछि उनमा पुनः चुनाव लड्ने इच्छा जागेर आयो । सरकार र जनताबीचको तिक्तताका कारण पनि उम्मेदवारी दिन उनलाई कर लाग्यो । २०७४ को स्थानीय चुनावका लागि उनले पार्टीमा लबिङ गरे, तर टिकट पाएनन् । उनले पार्टी छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । पराजित भएपनि उनले उक्त चुनावमा सम्मानजनक मत ल्याए ।

त्यहीबेला चन्द्रकान्त मधेसी दलको नजरमा परेका थिए । उनलाई पार्टीभित्र भित्र्याउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम दुवैतर्फका नेताले तीव्र लबिङ गरेको उनी सम्झिन्छन् । उनले अन्त्यमा भने राजपाबाट चुनाव लड्ने मनसाय बनाए । त्यसका लागि राजपाले पनि प्रतिनिधिसभाकै लागि उनलाई टिकट दियो । त्यतिबेला आफ्नै सहोदर भाइको उम्मेदवारी पनि सो क्षेत्रबाट प¥यो । भाइ ताराकान्त चौधरीले एमालेबाट उम्मेदवारी दिएका थिए । त्यसका बावजुद पनि चन्द्रकान्तले हरेस खाएनन् । जनताबीच आफ्नो असल म्यान्डेड बोकेर गए । नभन्दै उनी प्रतिनिधिसभा चुनावमा निर्वाचित पनि बने । त्यसको श्रेय उनले जनतालाई दिन चाहन्छन् ।

‘यो क्षेत्रमा मैले इमानको राजनीति गरेको छु । जसको परिणाम यहाँका स्थानीयले मलाई दिनुभएको छ । यहाँका जनताको भरोसा मैले तोड्नु हुँदैन । यहाँका जनतालाई समृद्धिको बाटो डो¥याउने जिम्मेवारी मेरो काँधमा आएको छ । जुन मैले शिरोपर गर्नेछु,’ उनले भने ।

 




Leave a Reply

Your email address will not be published.