दाङमा स्थायी राजधानी प्रस्ताव गरेपछि रुपन्देहीका सांसद तुल्सीप्रसाद चौधरीले लेखे ‘नोट अफ डिसेन्ट’

बुटवलबाट प्रदेश राजधानी सारेर दाङ लैजाने संसदीय दलको निर्णयविरुद्ध सांसद तुल्सी प्रसाद चौधरीसहित नेकपाका १६ जना संसदहरुले फरक मत अर्थात् ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

उनले सांसदहरुले प्रदेशसभामा आफ्ना विचार निर्वाधरुपमा राख्नपाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताए। ‘प्रदेशसभामा हामीले निर्वाधरुपमा आफ्ना विचार राख्न पाउनुपर्छ। हाम्रा विचारलाई पार्टीले अंकुश लगाउन पाउँदैन,’ उनले भने।

शनिबारको संसदीय दलको बैठकले दाङ राजधानीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। साविक लुम्बिनी अञ्चलका १६ जना सांसदले राजधानी सार्ने निर्णयप्रति असहमति जनाएका हुन्।

फरक मत राख्नेमा भोजप्रसाद श्रेष्ठ, कृष्ण न्यौपाने, विष्णु पन्थी, दधिराम न्यौपाने रमा घर्ती मगर, नारायण आचार्य, कमला देवी विश्वकर्मा, दीपा विक, धर्मबहादुर लाल श्रीवास्तव, पुरनमान बज्रचार्य, युवराज खनाल सुनिता ठटेर, थानकुमारी थापा, दिनेश पन्थी र विमला पन्थी छन् । यिनीहरु रुपन्देही, कपिलवस्तु, गुल्मी, पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने सांसदहरु हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *