प्रदेश २ सरकारलाई थाकसको ज्ञापनपत्र, थरुहट थारुवान प्रदेश नामाकरण गर्न माग

थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्। ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भू-भागलाई स्वायत्तः थरुहट/थारुवान प्रदेश माग गरिएको छ।

त्यस्तै ज्ञापन पत्रमा प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाज र पठनपाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने, प्रदेशका विभिन्न निकायमा थारुहरुलाई पचास प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने माग गरिएको छ।

प्रदेश २ सरकारद्वारा प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आदिवासी थारुहरुको जनसंख्याका आधारमा प्रतिशत नछुट्याएको भन्दै गम्भिर आपत्तिसमेत प्रकट गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *