कमलरी प्रथाबारे नाटक देखाउन उर्मिलाको टिम श्रीलंकामा

कमलरी अभियन्ता उर्मिला चौधरीको टिमले श्रीलंकामा नाटक प्रदर्शन गर्ने भएको छ। लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत प्लान इन्टरनेशनल श्रीलंकाद्वारा आयोजित विशेष समारोहमा उनको टिमले नाटक प्रदर्शन गर्नेछ। त्यसका लागि मुक्त कमलरी विकास मञ्चको टोलफसहित उर्मिला बुधबार श्रीलंका पुगेकी छन्।

उनीहरुले थारु समुदायमा रहेको कमलरी प्रथाबारे नाटक प्रदर्शन गर्नेछन्। कलिकै उमेरमा कमलरी बस्ने थारु चेलीहरुको ब्यथा, स्कुल जाने उमेरकी छोरीलाई बुबा आमाले कमलरी पढाउँदाको मार्मिक क्षणहरु नाटकमा देखाइने उर्मिलाले बताइन्।

उर्मिला चौधरी अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याती कमाइसकेकी चेली हुन्। कमलरी अभियन्ताको रुपमा काम गरिरहेकी उनले ‘फ्रिडम फोरम फियर अवार्ड २०१८’बाट सम्मानितसमेत भएकी छन्। त्यसका अलवा पनि उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *