टीकापुर घटनामा जेलबन्दी बनाइएका थारुहरुको रिहाई मागसहित गृह र कानुन मन्त्रीलाई ज्ञापन

टीकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीलाई रिहाईको माग गर्दै नेपाल लोकतान्त्रिक पार्टीले गृहमन्त्री र कानुनमत्रीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार पार्टी अध्यक्ष भानुराम डगौंरा थारुको नेतृत्वमा ११ बुँदे ज्ञापनपत्र गृहमन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।

ज्ञापनमा थरुहट आन्दोलनको क्रममा टीकापुर घटनाको आरोपित जेलबन्दीहरुलाई बिना शर्त रिहाई, कैलाली जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका रेशम चौधरीलाई सपथ ग्रहण गराई पद बहालीलगायतको माग रहेको छ।

अध्यक्ष थारुले सरकारले टीकापुर घटनालाई लिएर आन्दोलनकारीहरुमाथि विभिन्न झुठा मुद्दा लगाई जेलमा सडाउने षड्यन्त्र भइरहेको अरोप लगाउँदै उक्त माग कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहहरुले समाधानका उपायहरु अबलम्वन गरी यथाशिघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण समेत गराएका छन्। उनले माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *