नेकपाको प्रदेश कमिटी समानुपातिक समावेशी सिद्धान्तविपरीत, जम्मा ३.३१ प्रतिशत थारुको सहभागिता

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश कमिटीमा ४६ जना थारुहरु परेका छन्। सोमबार सार्वजनिक गरेको सूचीमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १४ जना, प्रदेश ५ मा १३ जना, प्रदेश ४ मा १ जना, प्रदेश २ मा ११ र प्रदेश १ मा ७ जना छन्। प्रदेश ३ र कर्णाली प्रदेशमा भने कुनै थारुहरु अटाउन सकेनन्।

पार्टीले तयार पारेको सूची भने समानुपातिक समावेशिता विपरीत देखिन्छ। कर्णाली प्रदेशमा ०.५ प्रतिशत र प्रदेश नं ३ मा १.६६ प्रतिशत थारु रहेपनि सहभागिता शून्य भएको छ। १.७२ प्रतिशत थारु रहेको गण्डकी प्रदेशमा भने १ जना थारुलाई समेटिएको छ।

त्यस्तै सबैभन्दा धेरै थारु रहेको सुदूरपश्चिम प्रदेशमा जम्मा ७.६५ प्रतिशत थारुलाई समेटिएको छ। जबकि उक्त प्रदेशमा १७.२१ प्रतिशत थारुहरु छन्। त्यस्तै प्रदेश ५ थारुहरुको दोस्रो ठूलो बसोबास रहेको प्रदेश हो। १५.१८ प्रतिशत थारु रहेको उक्त प्रदेशमा जम्मा ६.४० प्रतिशत थारु समेटिएको छ। प्रदेश १ र २ मा भने जनसंख्याको प्रतिशत अनुपातमा थारुहरुलाई समेटिएको छ।

यी हुन् थारुहरुको सूची
प्रदेश १ मा एमालेबाट लक्ष्मीनारायण चौधरी- उदयपुर, वालेश्वर चौधरी- सुनसरी, दोरिकलाल चौधरी- सुनसरी, सत्यनारायण चौधरी- मोरङ र माओवादीबाट अमनलाल मोदी- मोरङ, विजयकुमार विश्वास- मोरङ, सन्तोष थारु- सुनसरी छन्।

त्यस्तै प्रदेश २ मा एमालेबाट त्रिलोकी चौधरी- बारा, कल्याणी चौधरी- बारा, असरा चौधरी- सप्तरी, राजेन्द्र चौधरी- सिरहा, गंगा चौधरी- सप्तरी, इन्द्रनारायण चौधरी- सप्तरी र माओवादीबाट विजय महतो- पर्सा, वालेश्वर थारु- पर्सा, तपेश्वर चौधरी- बारा, सत्यनारायण भगत- रौतहट, मानपुर चौधरी- सप्तरी छन्।

त्यस्तै गणडकी प्रदेमा माओवादीबाट कुलचन्द्र महतो- नवलपरासी पूर्व छन्।

त्यस्तै प्रदेश ५ मा एमालेबाट रामदास थारु- बाँके, तुलसी चौधरी- रुपन्देही, गंगा चौधरी सत्गौंवा- दाङ र माओवादीबाट सुकै थारु- कपिलवस्तु, पटु थारु- बाँके, भवनकुमार थारु- बर्दिया, अञ्जु दहित- बर्दिया, दीपेश थारु- बर्दिया, दुर्गाबहादुर थारु- बर्दिया, मानबहादुर थारु- बर्दिया,
विश्वराज थारु- बर्दिया, रामजी चौधरी- दाङ, रामबहादुर दहित- दाङ छन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा कृपाराम राना- कञ्चनपुर, मायाराम चौधरी- कञ्चनपुर, रामऔतार राना- कञ्चनपुर, कुलवीर चौधरी- कञ्चनपुर, खुसीराम चौधरी- कैलाली छन्। त्यस्तै माओवादीबाट गौरीशंकर चौधरी- कैलाली हरिराम चौधरी- कैलाली, शेरबहादुर चौधरी- कैलाली, लाजुराम चौधरी- कैलाली, नैनबहादुर चौधरी- कैलाली, अमर चौधरी- कञ्चनपुर, पोतिलाल चौधरी- कञ्चनपुर, फुल्लन राना थारु- कञ्चनपुर, अमिनप्रसाद दहित- कञ्चनपुर छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *