थाकस महाधिवेशन: प्रतिनिधिमा तीव्र विवाद, सप्तरी र रौतहटका थारुहरुको गेटमै धर्ना

थारु कल्याणकारिणी सभा थाकसको २२औं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। बिहान ८ बजे बोलाइएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन नसकेको हो। बन्द सत्र हुने गौसलास्थित शिव दर्शन पार्टी प्यालेसको बन्दसत्र हलको गेटमै सप्तरी र रौतहटका थारुहरुले धर्ना दिएका छन्। सप्तरीका प्रतिनिधि राज थारुले अवैधानिक तरिकाले जिल्ला कार्यसमिति गठन गरेको हुँदा छानबिन नगरेसम्म धर्ना नाछड्ने बताए। उनले निर्वाचन अधिकृतलाई कारबाही गर्नमाग समेत गरे।

त्यस्तै रौतहटका प्रतिनिधि प्रमोद चौधरीले विघटन भइसकेको रौतहट कार्यसमितिलाई मनोमानी तरिकाले व्युँताइएको आरोप लगाए। उनले निष्पक्ष छानबिन नहुन्जेलम्म धर्ना नरोक्ने बताए।

प्रतिनिधिमा तीव्र विवाद भएपछि बन्द सत्र रोकिएर केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। बैठकले यो विवाद टुंग्याएर लैजाने थारु सभाका अध्यक्ष कानुनलाल चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *