भद्रगोल २२औं महाधिवेशन, प्रमुख अतिथिको विवाददेखि वर्षा लेखीलाई सम्मानसम्म

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्र आइतबार राष्ट्रिय सभामा सम्पन्न भयो । थारुहरुको छाता संगठनको रुपमा लिइने थाकस महाधिवेशन सत्र भने भद्रगोल देखियो । जुन यसप्रकार छन् ।
प्रमुख अतिथिको विवाद
झापाको विर्तामोडमा आयोजित थाकसको २१औं महाधिवेशनको उदघाटन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । २२औं महाधिवेशनमा भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने कि नल्याउने भन्नेमा विवाद भयो । विवादका बावजुद ल्याउने कुरा चलेपनि प्रधानमन्त्री ओली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको हुँदा सम्भव भएन । थाकसले दोस्रो विकल्पमा सरकारकै कुनै मन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख वा नेकपा अध्यक्ष प्रचण्डलाई बोलाउनुपर्ने तर्क गरे । तर थाकसभित्रका कांग्रेस गुटले शेरबहादुरलाई प्रमुख अतिथिको निमन्त्रण दिए । तर देउवा कार्यक्रम सुरु हुनु केही घन्टाअघि आफू बिरामी भएका कारण आउन नसक्ने बताए । सांसद उमाकान्त चौधरीले सभापति देउवा बिरामी भएका कारण उहाँको दूतका रुपमा आफू सहभागी भएको जनाए । तर, प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रमुख अतिथि बनाएर गल्ती गरेको चौतर्फी दबाबपछि अन्तिम घडीमा देउवाको आतिथ्य रोकियो । त्यसको सट्टामा भारतबाट पाहुना आएका थारु कल्याण महासंघका अध्यक्ष दीपनारायण प्रसादले उद्घाटन सत्रको प्रमुख आतिथ्य ग्रहण गरे ।

उद्घोषणमा चरम त्रुटि
कार्यक्रम थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले सञ्चालन गरेका थिए । तर शैली देखेर सबै दिक्क मानेको थिए । उनी बोल्दाबोल्दै लरबराउँथे, अतिथिको नामै भुल्थे, उनी अड्किएपछि दर्शकदीर्घाबाट फलानो भनेर कसैले नाम भनिदिनपथ्र्यो । राजधानीमा आयोजना भएको यत्रो ठूलो कार्यक्रममा अतिथि ग्रहण गराउँदा पोर्टफोलियो पनि ख्याल गरिएन । न भाषण नै पोर्टफोलियो मिलाएर गर्न दिए । नेता, सांसदको अनुहार हेरेर उनले आशणग्रहण गराउँदै । कार्यक्रमभरि उनी थकित देखिन्थे । त्यही भएर होला उनी जोडले बोल्न पनि सकिरहेका थिएनन् ।


वर्षालाई सम्मान
मिस नेपाल इन्टरनेशनल २०१६ की विजेता वर्षा लेखीलाई पनि थाकसले सम्मान ग¥यो । उनले मिस नेपाल इन्टरनेशनको ताज पहिरिएको र जेएनयुबाट डिग्री सकेको भन्दै सम्मान गरिएको सञ्चालकले उद्घोष गरिरहेका थिए । जुन हाँस्यस्पद लाग्थ्यो । डिग्री गरेरै सम्मान दिइने हो भने नेपालमा अनगिन्ती डिग्री होल्डर थारुहरु छन् । उनी राजकुमार लेखीका छोरी हुन् ।

कार्यक्रमस्थमै विरोध
थाकसको रौतहट शाखाको भदौ १४ र १५ गते भएको नवौं अधिवेशनबाट शाखा विघटन गरेको, थाकस केन्द्रीय कमिटीले सुनियोजितरुपमा संस्थालाई जीवित पार्ने षडयन्त्र गरेको भन्दै रौटहटका युवाहरुले कार्यक्रमस्थलै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले थाकस केन्द्रीय पदाधिकारीविरुद्ध नाराबाजी गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका थिए । उनीहरु नाराबाजी गर्दा सबै मुखदर्शक बनेका थिए ।

नेता, सांसद कोही बोलाइएन
यसअघिका महाधिवेशनमा नेता तथा सांसहरुलाई बोलाउने गरिन्थ्यो । यस महाधिवेशनको उदघाटन सत्रमा कुनै नेता, सांसदलाई निमन्त्रणा दिइएको पाइएन । जुन जुन नेताहरु मञ्च अगाडि देखा पर्थे, उनीहरुलाई आशनग्रहण गराइरहेको देखिन्थ्यो । कुन नेता, कुन सांसद, कुन पूर्वसांसद, कुने मेयर, पोर्टफोलियो बिना नै आशनग्रहण र भाषण गर्न दिइएको थियो । जुन अशोभनीय देखिन्थ्यो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *