धनिराम र राजकुमार लेखीका कारण टीकापुरका थारुहरु पीडित छन् : विश्राम महतो

थाकस चितवनको जिल्ला कार्यसमितिको ३ कार्यकाल सभापति रहेर चितवन जिल्लावासी थारु समुदायको सहयोगमा ७२ लाखभन्दा बढी लागतमा थारु छात्रावास भवन बनाउन सफल भएका विश्राम महतोले काठमाडौंमा पनि थाकसको भवन बनाई संस्थागत विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले भने, “मैले जिल्लामा गरेर देखाइसकेकाले आगामी दिनमा केन्द्रमा रहेर केही गरेर देखाउनका लागि उम्मेदवारी घोषणा गरेकाले २४ जिल्ला शाखा र ४ विदेश शाखाका प्रतिनिधिहरुले आफूलाई विश्वास गर्ने कुरामा ढुक्क छु ।”

टीकापुर घटनापश्चात बिना अध्ययन अनुसन्धान सरकारले निर्दोष थारुहरुमाथि झुटा मुद्दामा फसाएर तीन वर्षदेखि बिना सुनुवाई जेल यातना दिइरहेको अवस्थामा थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालयमा रहेका धनिराम चौधरी र राजकुमार लेखीले कुनै ठोस् कदम नचाल्दा टीकापुरका थारुहरु निकै पीडित भएका कुरा विश्राम महतोले बताए ।

असोज ७, ८ र ९ गते हुने थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा विश्राम महतोले उम्मेदवारी घोषणा गरेपछि वर्तमान अध्यक्ष धनिराम चौधरी र सचिवालय सदस्य राजकुमार लेखीले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *