लेखीकै जिल्लामा थाकसको समानन्तर कमिटी गठन

थारू कल्याणकारिणी सभा (थाकस) सप्तरीमा निर्वाचन अधिकृतले मनोमानी गरेपछि समानन्तर कमिठी गठन भएको छ। राजपा सांसद चन्द्रकान्त चौधरीको प्रमुख अातिथ्यमा सम्पन्न भेलाले पूर्णप्रसाद चौधरीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो।

कमिटीको उपसभापतिमा उज्जवल थारु, सचिवमा रामाकान्त चौधरी, सहसचिवमा चन्द्रभुषण चौधरी, कोषाध्यक्षमा अनु चौधरी, सदस्यमा विजय चौधरी, दीपेन्द्र चौधरी, सूर्यनारायण चौधरी, पवन लाल चौधरी, सुरेश चौधरी र भिखो चौधरी छन्।

भेलाले ७ जना केन्द्रीय पार्षद पनि चयन गरेको छ। जसमा अनिलकुमार चौधरी, बिलट चौधरी, सुरेन्द्रप्रसाद चौधरी, रामकुमार चौधरी, मुखिलाल चौधरी, जितेन्द्र प्रसाद चौधरी र महेशकुमार चौधरी छन्। भेलाले १७ बँदे घोषणापत्र समेत जारी गरेको छ।

थाकस निर्वाचन विभाग प्रमुख प्रेमीलाल चौधरीले सप्तरीको निर्वाचन अधिकृतमा धिरेन्द्र चौधरीलाई तोकिएको जानकारी गराए। निर्वाचन अधिकृत चौधरीले सप्तरीमा शिवकुमार चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको रिपोर्ट बुझाएको उनले जानकारी दिए। ‘हामीले पठाएको निर्वाचन अधिकृतले रिपोर्ट बुझाइसकेको छ। जसमा शिवकुमार चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको देखिन्छ। हाम्रो लागि यो नै आधिकारिक हो। तैपनि हामी अनुसन्धान गर्दैछौं। गल्ती भए नभएको हेर्नेछौं,’ उनले थारुवानसँग भने।

अध्यक्षका उम्मेदवार राजकुमार लेखीको जिल्लामै यस्तो विवाद देखिएको छ। उनी संलग्न पार्टीकै सांसद चन्द्रकान्त चौधरी समानन्तर भेलाको प्रमुख अतिथि बनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *