थाकस चितवनका क्षेत्रीय पदाधिकारीबीच अन्तरक्रिया

कारी महतो थारु/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० वटा क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीच अन्तरक्रिया र संस्थागत विकासका लागि तालिम सम्पन्न गरेको छ । भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा आज उक्त अन्तरक्रिया तथा तालिम सम्पन्न भएको हो । कार्यक्रममा थाकसका कानूनी सल्लाहकार पूर्वन्यायधिश नन्दलाल महतो, इन्जिनियर गुनेश्वर महतो र पूर्व सचिव संजय कुमार चौधरीले सहजीकरण गरेका थिए ।

थाकस चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा सहभागीहरु पाँच समूहमा विभाजन भई सामूहिक छलफलबाट निश्कर्ष निकालेका थिए । आगामी भाद्र ३० गते पूर्व पदाधिकारी र सल्लाहकार बीच अन्तरकृया गर्ने कार्यक्रम रहेको सभापति ललित कुमार चौधरीले जानकारी दिए ।

कार्यक्रममा डा. मनोज कुमार चौधरी र केन्द्रीय पूर्वउपाध्यक्ष भजुमनराम महतोले मन्तव्य व्यक्त गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *