थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ। शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। यसअघि मिति तोकिए पनि स्थान तोकिएको थिएन।

त्यसका लागि थाकसले जिल्ला कार्यसमितिहरुलाई भदौ १५ गतेभित्र अनिवार्यरुपमा जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशनसमेत दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *