थारू महिला सभाकाे अध्यक्षमा पुन: हरिदेवी चाैधरी चयन

थारु महिला सभाकाे अध्यक्षमा हरिदेवी चौधरी पुन: निर्वाचित भएकी छन्। प्रदेश नम्बर ३ काे राजधानी हेटाैंडामा भएकाे दाेस्राे महाधिवेशनले हरिदेवी नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे।

जसकाे उपाध्यक्षमा सिरहाकी श्यामादेवी चौधरी (पहिलाे) बाराकी अनिता चौधरी (दाेस्राे), महासचिवमा राैतहटकी जयमाला चाैधरी, सचिवमा सुनसरीकी सुशीला चौधरी र काेषाध्यक्षमा उदयपुरकी विक्रमी महोतो चौधरी चयन भएकी छन्।

त्यसैगरी सदस्यमा धन्त्रु महतो, सीता देवी चौधरी, निरा चौधरी, हरिमाया थनैत थारु, मन्जु चौधरी, कमला थारु, लक्ष्मीकुमारी चौधरी, रीता चौधरी, ललिता कुमारी चौधरी, कृषणा माया चौधरी, पूर्णकुमारी चौधरी, एलिसा दहित, सबिता चाैधरी र दीता चौधरी रहेका छन्। महासचिवबाहेक सबै पद सर्वसहमतिमा चयन भएकाे थियाे।

महासचिवमा मोरङकी अध्यक्ष कल्पना चौधरी र रौतहटको जयमाला चौधरीले उमेदवार दिएपछि निर्वाचन भएकाे थियाे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *