संविधान संशोधन गर्न सरकार तयार, नेकपा र फोरमबीच दुईबुँदे सहमति

संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालका अनुसार सहमतिको आधारमा संविधान संशोधन गर्नेगरी सरकारमा जान सहमति भएको हो ।

‘आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशाेधनसँग सम्बन्धित विषहरू देश र जनताकाे पक्षमा अापसी सहमतिकाे अाधारमा संविधान संशाेधन गरी सम्बव्धन गरिनेछ,’ सहमतिपत्रमा भनिएकाे छ, ‘सरकारद्वारा गर्न सकिने कामहरू सरकारकाे नीति र कार्यक्रममा समावेश गरिनेछ। उपराेक्त कार्यहरू अान्तरिक गृहकार्यगरी सहमतिमा समाधान गरिनेछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *