कञ्चनपुर थाकसमा नयाँ नेतृत्व चयन, मेवाराम चौधरी सभापति

थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सामेबार सम्पन्न ८औं अधिवेशनबाट मेवाराम चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपसभापतिमा सुनिता चौधरी, सचिवमा रेशम चौधरी, सहसचिवमा अम्बिका चौधरी, कोषाध्यक्षमा आरती चौधरी छन् ।

त्यस्तै सदस्यमा दिनेश चौधरी, मोहनलाल चौधरी, सोमलाल चौधरी, विक्रम चौधरी, कल्पना चौधरी र राजकुमार चौधरी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *