मैले चिनेको रेशम चौधरी (ब्लग)

संजय यादव।
थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्तको रुपमा राज्यले रेशम चौधरीलाई घोषणा गरीसके पनि रेशम चौधरी भने पटक पटक आफूलाई निर्दोष भन्दै आउनु भएको छ । घटनाको बेला आफू कैलालीमा नरहेको कुरा उहाँले दावी गर्नुहुन्छ ।

टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गर्नुभएको छ । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उहाँले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गर्नुहुन्छ ।

तर म दिल्लीमा रहदाँ जुन चौधरीसँग भेटेको थिए त्यो भेट मेरो लागि अविशर्मनीय छ अहिले पनि मलाई याद छ त्यो दिन आफ्नो अगाडी खानाको थाल हुदाँ हुदै पनि त्यो खाना को थाल आशु नै आशुले भरीएको थियो ।

आज भन्दा दुई वर्ष पहिले दिल्लीको आनन्दबिहार बस स्टपमा उहाँसँग अचानक भेट भएको थियो । त्यतीबेला म यूनाइटेड मधेशीज अफ नेपालको अध्यक्षको रुपमा दिल्लीमा रहेका नेपालीहरुको हितका लागि काम गरिरहेका थिए ।

तर मैले आज पनि त्यो सोच्दा मेरो आँखा रसाउँछ र महसुश हुन्छ सत्ता, शक्ति र पैसाको अगाडी कसैको केही चल्दैन । सानो भेटमै चौधरीसँगको आत्मीयताको सिमा छैन ।

र, अर्को के पनि लाग्छ भने आज चौधरी थारु समुदायबाट भएका हुनाले पनि राज्यबाट निर्दोष सावित हुन सकेनन् कि ।

एउटा गम्छाले मुख छोपेको मान्छे जो दिल्लीको आनन्दविहार बस अड्डामा भेट्नु भएको थियो । जसलाई राज्यले फरार सुचिमा राखेका थियो । शुरुमा उहाँ मसँग डराउदै भेट्नु भयो बिस्तारै बिस्तारै परिचय भएपछि उहाँ मेरोे लक्ष्मीनगरको कोठामा आउनु भयो ।

उहाँमाथि लगाइएको झुठो आरोपको बारेमा खाना खाँदै खाँदै सुनाउभयो ।

खाना खाइसके पछि उहाँले मसँग हात जोडेर भन्नुभयो, “संजय सर तपाईलाई ह्दयदेखि धन्यवाद छ । धेरै दिनपछि यति मिठो खाना खान नसिब भएको छ ।’ यो कुरा मेरो दिमाग अहिले पनि झलझली आउँछ । र, कता कता हिनताबोध पनि हुन्छ ।

त्यो रात उहाँ मसँगै लक्ष्मीनगरमा नै बस्नुभयो र उहाँको कथा र व्यथा सुनेर रातभरी निन्द्रा लागेन । रातभरी गफ गरेर बस्यौँ । कसरी रात कट्यो पत्तै भएन ।

हाम्रो राज्यबाट मधेशी, थारु लगायत सिमान्तकृत समुदायलाई गरिने व्यवहार र अवस्था बारे कुराकाकनी गर्दै रात बित्यो ।

तर ,त्यो एक रातले मैले मधेश, मधेशी, थारु लगायत सिमान्तकृत वर्गको लागि केही गर्ने सोचलाई थप उर्जा प्रदान गर्यो र त्यो भन्दा कैयों गुणा चौधरीसँग देशले गरेको र्दुव्यवहारले गर्दा उहाँसँग मिलेर केही गर्ने प्रेरणा पनि मिल्यो मलाई ।

त्यतीबेला चौधरीको आँखाबाट झरेको आशु मलाई रगत बगेको जस्तो लाग्यो । चौधरीले त्यतिबेला भन्नुभएएको थियो ‘म बर्बाद भए मेरो सब थोक जालाइयो, जुन देशले मलाई सम्मानका साथ पुरस्कृत गर्यो आज त्यही देशबाट तिरस्कार पाएँ न्याय पाइएन । आज म आपनै देश ठाँउ गाँउमा एक्लो महशुस गरीरहेको छु ।

मैले गाएको राष्ट्रिय गीतको केही महत्व रहेन । मलाई मेरो आफ्नै जनताको सामू सरकारले देशद्रोही बनाई दियो । योभन्दा लजास्पद कुरा मेरो लागि केही हुन सक्दैन । राष्ट्रको लागि केही गर्ने व्यक्तिलाई देश द्रोही बनाएर मलाई देशले मरे तुल्य बनाएको छ ।’

‘घटनास्थलमा नै उपस्थित न भएको मान्छे लाई जबजस्ती फसाइयो । मैले देशको लागी केही गर्नेअठोट लिएकोे मान्छे तर यहाँ त काम गर्ने भन्दा पनि ब्रिफकेस खाने मान्छेहरुको बढी बहुल्यता छ । मैले त बस परिवर्तन चाहेको छु । म चाहन्छु मेरो देश एउटा रंगीबीरंगी फुलवारी बनोस् । जहाँ सबको बर्चस्व र महत्व कायम होस् । यो देश मधेशी थारु जनजातिको पनि उतिकै हो जति अरुको ।’ उहाँले भन्दै जानुभएको थियो ।

पछि पनि भेट हुँदा उहाँसँग सिमान्कृत समुदाय, देश विकास र युवाको एकतामा नै केन्द्रितमा नै कुरा हुन्थ्यो । सिमान्कृत समुदायले आफ्नो हक, अधिकारको लागि अझ पनि लड्न बाँकी नै छ, उहाँले भन्नुभयो –‘मधेशीहरु आफ्नो समुदायको अधिकारको लागि आवाज उठाउने भइसकेका छन् उनीहरुलाई थाहा भइसकेको छ हामीले आफ्नो अधिकार स्थापित गर्ने बेला आईसकेको छ तर थारुमा अहिले पनि जनाचेतनाको कमी छ ।

जनजाती र अरु अल्पसंख्याकलाई पनि यो देशका केही सत्ताधारीहरुले झुठो आश्वासन र चर्को रष्ट्रियताको नारा दिइ घुमाई रहेका छन् । उनीहरु पनि एकदिन आफ्नो अधिकार खोजीकोलागी लडे्नछन ।’

त्यसबेला मैले उहाँलाई हौसला दिए र आफू दोषी हैन भन्ने कुरा साबित गर्नको लागि लागिपर्ने सल्लाह दिए । राज्यले सुरुमा उहाँलाई दिएको सम्मान फेरी त्यही राज्यबाट पाउँन उहाँलाई आग्रह गरे ।

यदि कोइ निर्दोष छ भने पैसाले मुख कति दिन बन्द हुन्छ लागिपर्यो भने एक न एक दिन सत्यता सबैको सामुने आँउछ नै ।

त्यसैक्रममा मैले उहाँलाई फेसबुक अकाउन्ट खोल्न आग्रह गर्र्दै मैलै नै उहाँको एकाउन्ट खोलि दिए । त्यसपछि उहाँलाई मैल्े फेसबुकमार्फत जनता समक्ष आफनो कुराहरु राख्न सुझाव दिएको थिए । किनभने जनता अहिले पनि उहाँको सत्यताबाट टाढा छ ।

हामो बीच धेरै भावनात्मक कुराहरु पनि भयो । त्यो बेला मैले दाइ भनेर रेशम चौधरीलाई सम्बोधन गर्थे । उहाँले मलाई दिल्लीमा बसोबास गरीरहेका नेपालीहरुको अभिभावकको संज्ञा दिनुभयो ।

मलाई बारम्बार तपाई मेरो सबभन्दा नजिक को मान्छे भनेर भन्नु हुन्थ्यो । दिल्ली आउँदा जाँदा भाडा नहुँदा हामी बिद्यार्थीहरु चन्दा उठाएर उहाँलाई आउँनेजाने खर्च उपलब्ध गराईदिन्थ्यौ । प्रवासमा बस्दा उहाँले लेख्नु भएको चिरफार पुस्तकमा पनि चौधरी एउटा समाजसेवी ,संचारकर्मीदेखि दोषी करार गरीएको कुरा सम्म उल्लेख छ । मैले भन्नुपर्दा एउटा निर्देष, राज्यबाट पिडित, राज्यको न्यायालयबाट न्याय पाउँनबाट बञ्चित रेशम चौधरी लाई चिनेको छु ।

आफ्नै देशबाट पिडित र झुठा मुद्दामा फसाईएका रेशम चौधरीलाई चिनेको छु । प्रवासमा पनि बस्दा आफ्नो देशको धेरै चिन्ता र माया गर्ने रेशम चौधरी लाई देखेको हुँ । आफ्नो बच्चा र परिवारको मायाबाट टाढा रहनु भएका रेशम चौधरीलाई भेटेको छु ।

आफ्नो छोरालाई साइकल किन्नको लागि खल्तीमा पैसा न भएको रेशम चौधरीलाई चिनेको छु । प्रवासमा जीवन जीउनकोलागी मोमो बेचेको रेशम चौधरी लाई हेरेको हुँ । प्रवासमा बसेपनि आफ्नै देशको माया लागेको रेशम चौधरीलाई हेरेको हुँ म । मैले एउटा न्याय नपाएका रेशम चौधरीलाई हेरेको हुँ।

(यादव तराई मानव अधिकार रक्षक संजाल– २ नस् प्रदेश संयोजक हुनुहुन्छ)




Leave a Reply

Your email address will not be published. Required fields are marked *