प्रदेशसभा ५ को उपसभामुखमा बर्दियाकी कृष्णी थारु निर्वाचित

प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।

संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।

उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

आइतबारको बैठकमा सभामुख घर्तीले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *