प्रदेशसभा ५ को उपसभामुखमा कृष्णी थारुको उम्मेदवारी दर्ता

प्रदेशसभा ५ को उपसभामुख पदका लागि एमालेकी सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । मनोनयन स्थल रहेको प्रदेशसभा भवनमा १० बजेर नै पुगेकी उनले सुरूमै उम्मेदवारी दर्ता गराएकी हुन् ।

भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरिरहेको बताइए पनि अहिलेसम्म मनोनयन दर्ता भएको छैन ।

कांग्रेस प्रदेश ५ का नेता युवराज गिरीले कसलाई उपसभामुख उम्मेदवार बनाउने भन्नेबारेको छलफल टुंगिएलगत्तै मनोनयन दर्ता हुने जानकारी दिए ।

संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो । माओवादीले सभामुख र एमालेले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *