नेपालको सनसनीपूर्ण जित, विश्वकप छनोट खेल्ने पक्का

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मद्धतले नटआउट ४२ रन बनाए ।

बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ ।

पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल खेल्नु अघि सबै विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो ।
नेपाल र यूएईको उपाधि भिडन्त पर्सि हुनेछ ।

हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *