लगनलाल चौधरीले गराए २ प्रदेशका सांसदलाई शपथ

प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले शपथ ग्रहण गरेका हुन्।

सुरुमा ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका थिए । त्यसपछि जेष्ठ सदस्य चौधरीले प्रदेशसभा अन्य सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण चार भाषामा भएको थियो। जेष्ठ सदस्य चौधरीले नेपाली भाषमा शपथ ग्रहण गरेपनि अन्य सदस्यहरूले नेपालीमा नलिने भन्दै हिन्दी र मैथली र भोजपुरीमा शपथ ग्रहण गरेका थिए।

जेष्ठ सदस्य चौधरीसँगै २४ जनाले नेपालीमा, राजपाका सांसद रामनरेश राय यादवलगायत ११ जनाले हिन्दीमा, रौतहटका प्रदेशसमा सदस्य योगेन्द्र यादवलगायत २५ जनाले भोजपुरीमा र महोत्तरीकी प्रदेशसभा सदस्य अल्का झालगायत ४७ जनाले मैथली भाषामा शपथ ग्रहण गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *