प्रदेशसभामा थारु सांसदको संख्या २५ पुग्यो, सबैभन्दा धेरै केलालीमा

माओवादी, संघीय फोरम र राजपाले प्रदेशको समानपातिक सांसदको टुंगो लगाएको छ। माओवादीबाट दुई जना, संघीय फोरम र राजपाबाट एक एक जना थारु सांसद चुनिएका छन्। सबैजना थारु महिला छन्। 

माओवादीबाट बर्दियाकी लौटी थारु र कैलालीकी विनिता चौधरी छन्। त्यस्तै संघीय फोरमबाट दाङकी लक्ष्मी चौधरी र राजपाबाट कैलालीकी सुनिता चौधरी छन्।

यसअघि एमालेले समानुपातिकमा ४ जना सांसद चुनेका थिए। नेपाली कांग्रेसको भने टुंगो लाग्न बाँकी छ। योसँगै प्रदेशमा २५ जना थारु सांसद पुगेका छन्।

कैलालीमामात्र प्रदेशसभा अन्तर्गत सबैभन्दा धेरै ६ जना सांसद पुगेको छ। प्रतिनिधिसभातर्फ भने कैलालीबाट ३ जना र प्रदेशसभामा ३ जना निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *