खिचरा महोत्सवको उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई नगदसहित पुरस्कृत गरिने

चितवन- खैरहनी­५, जबकौली गौचरनमा यही पुस २८ देखि माघ ८ सम्म सञ्चालन हुने पाँचौ खिचरा महोत्सवबारे महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेवापत खिचरा महोत्सवको समापन समारोहमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।

गतवर्षको चौथो खिचरा महोत्सवमा उत्कृष्ट समाचार तथा फिचर लेखेवापत नारायण ढुंगाना, होमनाथ सापकोटा, विकास पौडेल र करुणा देवकोटालाई जनही पाँच हजार नगद सहित पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

यसवर्ष पनि त्यसलाई निरन्तरता दिने आयोजक समितिले जनाएको छ । पाँचौ खिचरा महोत्सवको समापन समारोहमा टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाईन गरी चार विधाका पत्रकारलाई पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय भएको जानकारी मूल समितिका संयोजक नारायण प्रसाद महतोले बताए ।

प्रकाशन तथा प्रसारण गरिएको फिचर तथा समाचारको अनलाइन लिङ्क वा स्क्यान कपी वा रेकर्ड फाइल खिचरा महोत्सवको इमेल ठेगानामा पठाउनुपर्ने आयोजक समितिले जनाएको छ । प्राप्त भएको फिचर समाचारहरु हेरेर महोेत्सव स्टेयरिङ्क समितिको बैठकबाट मूल्यांकन गरिने कुरा पाँचौ खिचरा महोत्सव प्रचारप्रसार समितिका संयोजक कारी महतोले जानकारी गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *