कांग्रेसका सुरेन्द्र चौधरी र एमालेकी मञ्जु चौधरी पराजित

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरी पराजित भएका छन्। उनी संघीय समाजवादी फोरम नेपालका हरिनारायण प्रसाद रौनियारसँग पराजित भएका हुन्। रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरे भने चौधरीले १३ हजार ८ सय १ मतमात्र ल्याए।

त्यस्तै उदयपुर क्षेत्र नम्बर १ मा एमालेकी मञ्जु चौधरी पनि पराजित भएका छन्। उनी ५८४ मतले पराजित भइन्। नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले ३३१४२ मत प्राप्त गरेका छन् भने चौधरीले ३२५९४ मत ल्याइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *