प्रदेश २ को राजधानी बारा वा पर्सा बनाउने चौधरीको घोषणा

नागेन्द्र चौधरी/बारा
बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार देवनारायण चौधरीले प्रदेश नम्बर २ को राजधानी बारा वा पर्सामा बनाउने बताएका छन्। जितपुर सिमरा वडा १ मा आयोजित घरदैलो कार्यक्रममा चौधरीले आर्थिक समृद्धिको हिसाबले बारा पर्सा अगाडि रहेकाले प्रदेशको राजधानी पनि यहीँ हुनुपर्ने बताए।

कार्यक्रममा प्रदेशसभाका उम्मेदवार सुन्दर विश्वकर्मा पनि सहभागी थिए। बाम गठबन्धनका यी दुई उम्मेदवारले आफूहरुको जित सुनिश्चित रहेको दाबी गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *