‘शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाको भूमिका आवश्यक’

सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्धारा आयोजित युवा स्वयंसेवक सञ्जालमा आबद्ध युवाहरुलाई शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाहरुको भूमिका विषय एक दिने कार्यशाला धनगढीमा सम्पन्न भएको छ। यूएनडीपी नेपाल क्षेत्रीय फिल्ड कार्यालय धनगढीको सहयोगमा सम्पन्न कार्यक्रममा युवा स्वयंसेवक सञ्जाल धनगढीका युवाहरुको सहभागिता थियो।

कार्यक्रममा धनगढी उपमहानगरपालिका विभिन्न वडाहरुबाट महिला र पुरुष गरी ३० जनाको सहभागीता थियो। उक्त कार्यक्रममा वर्तमान युवा वर्गलाई समाज प्रति उत्तरदायि बनाउन स्वयंसेवामार्फत शान्तिपूर्ण निर्वाचन प्रवर्द्धन गर्न, निर्वाचन आचारसंहिताको पालना, सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागितालाई सुनिश्चित गर्न, विगतमा सम्पन्न निर्वाचनबाट युवाहरुको अनुभव र बुझाई आदान प्रदान गर्न, निर्वाचनसम्बन्धी स्थानीय समस्या पहिचान र युवा स्वयंसेवकहरुको भूमिकाका विषयमा कार्यशाला आयोजना गरिएको थियो ।

कार्यक्रमको सहजीकरण ईजी नेपालका अध्यक्ष वीरेन्द्र चौधरी र यूएनडिपी नेपाल-सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका क्षेत्रीय संम्वाद सल्लाहकार अर्जुन कुमार कुशहवाले सहजीकरण गरेका थिए।

कार्यक्रमको सहभागी तथा युवा स्वयंसेवक सञ्जाल धनगढीको नगर संयोजक तारा भट्टले भने, ‘निरासाजनक अवस्थाबाट माथि उठ्न र नौलो कार्य गर्न स्वयम्सेवा सर्वोत्तम मार्ग हो। तपाईँ आफूलाई केही राम्रो होस् भनेर पर्खनुभन्दा समुदायमा केही राम्रो गर्नुस्। यसले तपाई स्वयंलगायत संसारलाई आशा जगाउन सक्छ । स्वयंसेवा समुदायका व्यक्तिहरुको लाभका लागि समय र ऊर्जा प्रदान गर्ने सैद्धान्तिक कार्य हो । यसमा आर्थिक लाभलाई भन्दा समाज प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिइन्छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन पूर्व र निर्वाचनका बखतमा शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि हामी आफ्नो समयको सदुपयोग गर्ने भएका छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *