कम्युनिष्टको सरकार बने सुत्केरी भत्ताको कार्यक्रम ल्याउँछौं : शान्ता चौधरी

सन्तोष दहित/दाङ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एव् प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले अब कम्युनिष्ट सरकार बन्यो भने सुत्केरी भत्ताको कार्यक्रम ल्याउने बताइन् । शुक्रबार राति घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् ।
उनले भनिन्– ‘जसरी विगतमा कम्युनिष्ट सरकारले बृद्धबृद्धाहरुको लागि बृद्धा भत्ता कार्यक्रम ल्याइयो, त्यसैगरि अहिले कम्युनिष्टको बहुमतको सरकार आयो भने प्रत्येक सुत्केरी दिदीबहिनीहरुको लागि पाँच हजार सुत्केरी भत्ताको कार्यक्रम ल्याउछौं ।’

सुत्करी भएपछि धेरै दिदीबहिनीहरु पोषिलो खानेकुरा खान पाउनु भएको छैन, आफू कम्जोर भएसँगै बालबच्चाहरुलाई समेत कुपोषण भइरहेकोले त्यसलाई रोक्नका निम्ति पनि यो सुत्केरी भत्ता आवश्यक भएकाले यो कार्यक्रम ल्याउने चौधरीले बताइन् । पहिला कांग्रेसले कम्युनिष्टको सरकार आयो भने ६० वर्षका बृद्धबृद्धाहरुलाई गोली हानी हत्या गर्छन भनि भ्रम फैलायो, अहिले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन भनि भ्रम फैलाइरहेको बताउँदै उनले अबको कम्युनिष्टको सरकार बन्यो भने देशमा नयाँ कोल्टो बताइन् ।

‘नेपाली जनताले कम्युनिष्ट सरकार आयो भने कस्तो काम गर्छ भनि बुझिसेका छन्, त्यो मैले बताइरहनु पर्दैन,’ उनले भनिन्– ‘मनमोहनको पालामा ९ महिने सरकार हुँदा बृद्ध भत्तादेखि आफ्नो गाउँ आफैँ बनाउँ, गाउँ गाउँमा विकासका कार्यक्रम ल्यायो । केपी ओलीको ९ महिने सरकार हुँदा बृद्ध भत्तालाई दोब्बर बनाएर देशलाई समृद्ध बनाउनमा लाग्नुभयो, भने प्रचण्डको ९ महिने सरकारमा लोडसेडिङ मुक्तको अभियान चाल्नुभयो ।’ अब देशको समग्र विकासको लागि र स्थायी सरकार बनाउनको निम्ति अहिले बाम गठबन्धन गरेर चुनाबी मैदानमा आएको चौधरीले बताइन् । उनले भनिन्– ‘यो वाम गठबन्धको चुनाब जित्नको लागि मात्र नभई देशलाई तिब्र गतिमा विकास गर्न र नेपाली जनताको जिवनमा परिवर्तन गर्नलाई हो ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *