पैसाले हैन, मन जितेर चुनाव जित्छु : चौधरी

दुष्यन्त चौधरी/बारा।
बाम गठबन्धका साझा उमेदवारको रुपमा रहेका देव नारायण चौधरी घरदैलो कार्यक्रममा अति नै व्यस्त छन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार देवनारायण चौधरी र प्रदेश सभा उम्मेदवार (क) सुन्दर बिश्वकार्माको संयुक्तरुपमा जितपुरसिमरा उपमहानगरपालिमा घरदैलो कार्यक्रम गरिरहेका छन्। उनको टोलीमा एमालेका केन्द्रीय सदस्य दिनेश राई, नेकपा माओवादी केन्द्र केन्द्रीयसदस्य लक्ष्मी ढकाल, समुनापतिका तर्फबाट सीता गुरुङ, नगर संयोजक कृष्ण खनाल, मुस्तिकम अंसारी, फजलेहंक अंसारीलगायत छन् ।

मतदातालाई किनेर हैन कि मन जितेर निर्वाचन जित्ने चौधरीले बताए । उनले घरदैलो कार्यक्रममा मतदातालाई प्रष्ट रुपमा भन्दै हिँडेका छन् ‘भोटको लागि आफू कसैलाई नि आर्थिक सहयोग गर्दिन, तर आफूलाई जिताए क्षेत्रमा विकास गर्छौं। उनले पैसाले राजनीति गर्नेहरु क्षणिक समयसम्म मात्र मतदाताहरुलाई चिन्ने भएकाले आफूले पैसाले किनेर हैन कि मतदाताको मन जितेर चुनाव जित्ने दाबी गरे ।

को हुन् देवनारायण चौधरी ?
साबिक गाविस आदर्श भवानीपुर वडा नं.४ हाल जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ नगौलमा बुबा जगुदास थारु र आमा किशमतियादेवी थरुनीकी कोखबाट जन्मेका जेठो छोरा हुन् देवनारायण चौधरी । उनको जन्म २०१८ कात्तिक ५ गते भएको हो। नेराप्रावि जीतपुर नगोलबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका चौधरीले त्रिभुवन माध्यमिक बिद्यालय विरगञ्जबाट एसएलसी पास गरे। २०३५-३६ सालमा एक सय चार दिन चलेको बिद्यार्थी आन्दोलनबाट चौधरी राजनीतिमा प्रवेश गरेका हुन् । अनेरास्ववियुबाट चौधरीले आफ्नो राजनीतिक यात्रा सुरु गरे।
चौधरीलाई नेकपा एमालेले २०४९ सालमा गाबिस अध्यक्षमा चुनावको उम्मेदवार बनाउने तयारी गरेको थियो । तर त्यसबेला चौधरीले आफू अध्यक्षमा नउठ्ने बताएका थिए । त्यसपछि २०५४ सालमा पार्टीले पुनः चौधरीलाई गाविस अध्यक्षमा उम्मेदवार बनाउने तयारी गर्यो । सो बेला चौधरी गाविस अध्यक्षको चुनावमा भारी मतले विजयी भएका थिए । नेकपा एमाले पार्टीमा चौधरी सक्रिय रहेकाले नै इलाका, क्षेत्र, हुदै अहिले चौधरी जिल्ला उपाध्यक्ष भएका छन् ।
देवनारायण चौधरी राजनीतिमा आउनुभन्दा पहिला शिक्षक थिए। उनले शिक्षक हुदाँ निशुल्करुपमा तयारी कक्षाहरु पढाउँथे। उनले पढाएका अधिकांश मतदाता भन्छन्- ‘शिक्षक हुदाँ पहिला उहाँको खाँचो थियो र उहाँले हाम्रा खाँचो पूरा गर्नुभयो । अहिले उहाँलाई हाम्रो खाँचो छ त्यो अवश्य नै पूरा गर्नेछु ।’

चौधरी आफ्नो क्षेत्रमा यति लोकप्रिय छन् कि जितपुर सिमरामा रहेका ३ वटा स्कुल तथा २ वटा कलेजका शिक्षकहरुले एक महिनाको तलब निर्वाचनमा सहयोग गरेका छन् । त्यस्तै विधार्थीहरुले आफ्ना टिफिनका बचाएर चुनावमा चाहिने व्यानर बनाउनका लागि सहयोग गरेका छन् । देवनारायण चौधरी इमान्दार तथा सभ्य नेता भएकाले नेपाली कांग्रेका सक्रिय सदस्य बकुलियाका रमेश चौधरीले खुलेर मत माग्दै हिँडेका छन् । उनका अनुसार उमेदवार चौधरीलाई नैतिक धर्मले यस क्षेत्रका मतदाताले मत दिनुपर्ने जानकारी दिए ।

त्यागी नेताको पहिचान
देवनारायण चौधरी राजनीतिकमा आउनुअघि शिक्षक थिए । उनले शिक्षक हुदाँ निः शुल्क रुपमा विधार्थीहरुलाई पढाउँथे। गाविस अध्यक्ष हुदाँ उने जितपुरलाई आर्थिक, सामाजिक, भौतिक, शिक्षाजस्ता हरेक क्षेत्रको विकासमा टेवा पुर्यामए। उनकै योगदानले जिल्लाकै सबैभन्दा बढी राजश्व संकल्न गर्ने जीतपुर गाविसलाई स्थापना गरे ।
चौधरीले त्यस क्षेत्रमा शिक्षाको विकासलाई पनि उतिकै नै अगाडि बढाएका छन् । उनले नगौल, जितपुर र बकलुलिया स्कुललाई व्यस्थित बनाउनका निमित कुनै कसर बाँकी राखेनन् । विद्यालयलाई व्यवस्थित बनाउनका लागि उनले श्रमदान समेत गरे । विकास निमार्णअन्तर्गत बाटो घाटोको काममा उनले जीतपुरको ६ फिटे बाटोलाई १० फिटको बनाउन सक्रिय रहेका थिए। चौधरी वडा अध्यक्ष रहेका बेला सार्वजनीक सम्पत्ति ( भैँसी बजार ) लाई भूमाफियाहरुले रकमको प्रलोभन देखाई आफ्ना नाममा गराउन खोज्दा उनले कडा विरोध गरे।
चौधरीको वडा अध्यक्ष कार्यकाल समाप्त भएपछि भूमाफियाहरुले गाविसका कर्मचारीको मिलोमतोमा सो जग्गालाई निजी जग्गा बनाएका थिए । तर चौधरी वडा अध्यक्ष पदमा नरहेपनि जनताकै लागि उनले भूमाफिया विरुद्ध मुद्दा दिई सो जग्गालाई बचाउन सफल भएका छन् । उनी सो बेला राजनीतीमा नेकपा एमालेका कार्यकार्ताका रुपमा थिए । त्यसैगरी उनी त्यागी नेताको रुपमा पनि चिनिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *