रुपन्देहीका थारु उम्मेदवार भन्छन्- ‘जित सुनिश्चित छ’

कमल चौधरी, बुटवल ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले रुपन्देहीमा पनि चुनावी महोल बढ्दै गएको छ । रुपन्देहीमा वाम गठबन्धन र संयुक्त लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

बाम गठबन्धन एमाले र माओवादी मिलेर बनेको छ भने, संयुक्त लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तलमेल भएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० चुनावी क्षेत्र रहेको रुपन्देहीको चुनाव निकै रोचक हुने देखिन्छ । संयुक्त बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच तकरावसँगै अन्य दलहरुको चुनावी महोलले यस पटकको चुनाव निकै घम्सा घम्सी देखिने निश्चित छ ।

रुपन्देहीमा ५ प्रदेशमा कुनै पार्टीले प्रतिनिधि सभामा थारु नेताहरुलाई टिकट नदिए पनि प्रदेश सभामा टिकट पाएका थारु उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । हुन त नेपाली कांग्रेस, एमाले, माओवादीलगायतको पार्टीबाट स्थानीय चुनावमा टिकट पाएका थारु उम्मेदवारहरु वडा सदस्य, अध्यक्षदेखि उपमेयर लगायतको पदमा विजयी भएकाले पनि उनीहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नु स्वभाविक हो ।

प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नं.३ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेद्वारी दिएका रेखप्रसाद चौधरीले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । ‘सबै खाले विभेदको अन्त्य र पूर्ण संघीयताको सुनिश्चिता ! भ्रष्टाचार मुक्त समुद्ध नेपालको निर्माण गर्ने प्रतिवद्धताको साथ मतदाता कहाँ पुगेका छु । मतदाताहरुले पनि मलाई साथ दिएका छन् ।’ त्यसैले आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे ।

उनले मतदाता शिक्षित भैसकेको भन्दै अब थारु, आदिवासी जनजाति, समुदायको अधिकार र पहिचान सुनिश्चित गर्नको लागी कुनै बाम होस या कुनै लोकतान्त्रिक आफ्नो जितलाई कसैले रोक्न नसक्ने जिकीर समेत गरे ।

हुन त सिद्धार्थनगर नगरपालिकाका सबै वडा समेटिएको यस क्षेत्र नं. ३ को प्रदेश क मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका देवी चौधरी पनि चुनावी मैदानमा प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका देवी चौधरीले आफ्नो संगठन बलियो भएकाले नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्का छन् । उनले रुपन्देही क्षेत्र नं. ३ क प्रदेशमा लोकतान्त्रिक गठबन्धनको राम्रो पकड क्षेत्र रहेकाले आफ्नो जित सुनिश्ति रहेको भन्दै लोकतन्त्र, राष्ट्रिय एकता र विकासको लागि मतदाताहरुले आफूलाई जिताउने दाबीसमेत गरे ।

उनीहरुसँगै बाम गठबन्धनबाट माओवादी केन्द्रका विश्वास बराल, सघिय समाजबादी फोरमका सन्तोष पाण्डे, विवेकशील साझा पार्टीबाट अमीत गुप्ताको उम्मेदवारी समेत रहेको छ ।

क्षेत्र नम्बर ३ को प्रदेश ख मा बामपन्थी गठबन्धनबाट एमालेका तुलसीप्रसाद चौधरी उमेदवार रहेको छ । थारु समुदायको हक अधिकार सुनिश्चित गर्ने एक मात्र शंक्ति वाम गठबन्धन रहेकोले आफ्नो जित सुनिश्चि रहेको उनले बताए । उनी लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका हरीध्वज मल्लसँग प्रतिस्पर्धा गर्दैछन् ।

लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसबाट टिकट पाएका अष्टभुजा पाठकले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले विगत लामो समय देखि संक्रिय भएर समाज सेवमा लागिपरेको र लोकतन्त्र, राष्ट्रय एकता र समृद्धिको आधारको लागी आफूले जित्ने दाबी गरे । क्षेत्र नम्बर ४ को प्रदेश (क) कांग्रेसका अष्टभुजा पाठक स्थानीय तहमा परिचित अनुहार हुन् । उनले बाम गठवन्धनका तर्फबाट एमालेकी पल्लवी शुक्ला संग प्रतिस्पर्धा गर्दैछन् ।

अहिले रुपन्देहीमा निकै नै घम्साघम्सी रुपले चुनावी महोल ततिरहेको बेला थारु समुदायको हक अधिकार सुनिश्चित गर्न सक्ने पार्टी र जातिलाई भोट दिने स्थानीय थारु अगुवाहरु बताउँछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *