दाङमा थारु कलाकारको दमदार प्रस्तुती

नविन चौधरी/दारु।
दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका छन् । गायक शालिकराम चौधरीको ‘साली हो बर्को छाँयाले’ रोशन रत्गैयाँको ‘बरा बरा मुर्घा’ प्रकाश प्रिय कुसुम्याको ‘पान्सुपारी कुटुक्कै’ खेम चौधरीको ‘लभ होगिल’ लक्ष्मिान चौधरीको ‘अइलो साली बइठो गोनरीम’ लगायतका गितले कार्यक्रम स्थल उल्लासमय भएको थियो भने दर्शक नाच्दै भरपुर मनोरञ्जन लिएका थिए ।
थारु कलाकार संघ दाङको आयोजनामा घोराही स्थित झिङगौरामा भएको बृहत सांस्कृतिक कार्यक्रममा थुप्रै कलाकालहरुले पनि विशेष प्रस्तुती दिएका थिए । धेरै लामो समय पछि थारु कलाकारहरु एउटै मञ्चबाट प्रस्तुती दिदाँ दर्शक नै मन्चमा ओर्लिएका थिए । कार्यक्रममा थारु तथा नेपाली गित पनि प्रस्तुत गरिएको थियो भने मौलिक थारु नाचले पनि दर्शकलाई छुट्टै आनन्दको अनुभुति प्रदान गरेको थियो । थारु चलचित्रमा कृयाशिल मोडल तथा नायक, नायिका नविन दहित, ममता चौधरी, अस्मीता चौधरी, महेश चौधरीले पनि आफ्नो दमदार प्रस्तुति दिएका थिए भने थुप्रै थारु चलचित्रमा पनि स्वर दिइसकेका कलाकारहरुको सहभागिता तथा प्रस्तुती रहेको थियो । त्यस्तै थारु लोककला, संस्कृती संरक्षणमा कलम चलाईरहेका साहित्यकारहरुले पनि गजल, मुक्तक, कथा, कविताहरु प्रस्तुत गरेको थिए । रुपन्देहि देखि दाङका कलाकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रममा संख्यात्मक रुपमा हेर्दा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सांस्कृतिक कार्यक्रमका संयोजक शालिकराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानरपालिकाका प्रमुख नारुलाल चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले थारु संस्कृति संरक्षणका लागि अब थारु कलाकर्मीहरु नै एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि चौधरीले थारु कला, संस्कृती, भाषा, भेषभुषा थारु समुदायले बिर्सदै गएको बताए । “अझै पनि थारु समुदायका आर्थिक रुपान्तरण नभएको उल्लेख गर्दै उनले भने, थारु संस्कृतीको संरक्षण संगै अब व्यावसायिक रुपमा पनि आउन जरुरी छ । थारु संग धेरै सिप, क्षमता छ अब त्यसलाई व्यावसायिकरण गरेर अगाडी ल्याएमात्र थारुहरुको विकास संभव रहेको उनले बताए । उनले आफु उपमहानगरपालिकाको प्रमुख भएर संस्कृति संरक्षण तथा दाङको विकासका लागि विभिन्न योजनाहरु ल्याएको पनि बताए । त्यस्तै उनले थारुकलाकारहरुलाई थारु संस्कृतिको जगेर्ना हुने खालका विभिन्न कार्यक्रम तथा अन्तरकृया गर्न सुझाए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि सोगतवीर चौधरीले अहिलेको अवस्थामा थारु संस्कृति, भेषभुषा, कला लोप भएतापनि थारुहरुको पहिचान थारु भाषा रहेको बताए । थारुहरुले भेग्वा लगाउन छोडेपनि भाषाले थारुहरुको पहिचानलाई कहिले पनि लोप हुन नदिने कुरा उल्लेख गरे । उनले अहिलेको संघिय राज्य व्यवस्थामा थारुहरुको विकासका लागि विभिन्न योजनाहरु ल्याउनुपर्ने बताउँदै भुइह्यारथानलाई संरक्षण गर्न राज्यको अहम भुमिका रहेको समेत बताए । त्यस्तै नेपाल पत्रकार महासंघका दाङका अध्यक्ष सविन प्रियासनले थारु जातिको भाषा, कला, संस्कृति संरक्षणका लागि पत्रकारीताको माध्यमबाट आफु पैरवी गरिरहेको बताए । ‘जुनसुकै ठाउँमा पनि थारु जातिको उत्थानका लागी मेरो अहम भुमिका रहेको छ अझ यसलाई व्यवस्थित गर्न म लागीपर्ने छु,’ उनले भने ।

कार्यक्रममा थारु संस्कृति संरक्षणका अगुवा चन्द्रप्रसाद चौधरी, केवि चौधरी, छविलाल कोपिला, श्रीराम चौधरी, वडा अध्यक्ष शक्तिराम डाँगी, रुपा चौधरी, पार्वती चौधरी, लब्लीन क्यान्भास लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन गायक लक्ष्मिमान चौधरीले गरेका थिए ।

थारु कलाकार संघमा शालिकराम चौधरी
त्यस्तै थारु कलाकार संघ दाङको भेलाले शालिकराम चौधरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा लक्ष्मिमान चौधरी, उपाध्यक्षमा बसन्ती चौधरी, महासचिवमा रोशन रत्गैयाँ, सचिवमा राजेन्द्र चौधरी, कोषाध्यक्षमा रुपा चौधरी, सदस्यहरुमा नविन दहित, विष्णु कुसुम, पार्वती चौधरी, रुद्र चौधरी, ममता चौधरी, रवि चौधरी लगायत रहनु भएको छ । त्यस्तै संचार संयोजकको रुपमा नविन चौधरीलाई मनोनित गरिएको छ भने सदस्यहरुमा लालु चौधरी, सबिता चौधरी, सबि चौधरी र शिबहरी चौधरी रहनु भएको छ । त्यस्तै सल्लाहाकारमा केबी चौधरी, माधव चौधरी, छविलाल कोपिला, प्रकाशप्रिय कुसुम्या, चन्द्रप्रसाद चौधरी रहनु भएको छ भने कानुनी सल्लाहाकारमा रामशरण चौधरी रहनुभएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *