थारु कल्याणकारिणी सभा दाङका सभापति एमालेमा प्रवेश

सन्तोष दहित/दाङ।
थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराएका हुन् ।

चौधरी थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य तथा पाँच नं. प्रदेशकका संयोजक समेत थिए । करिब ७ महिना अगाडि थरुहट तराई पार्टी विजय कुमार गच्छदारको पार्टीमा एकीकरण भएपछि उनी रुष्ट भएका थिए । थारु कल्याणकारिणी सभा दाङका सभापतिसमेत रहेका चौधरी थरुहट क्षेत्रका बलियो तथा चर्चित नेताको रुपमा चिनिन्छन् ।

एमालेमा प्रवेश गर्दे चौधरीले थरुहट आन्दोलनमा भएका उपलब्धिलाई संस्थागत गर्न एमालेमा प्रवेश गरेको बताए । उनले भने, ‘थारु समुदायको अधिकारलाई शुनिश्चत गर्न र संस्थागत गर्न एमाले पार्टी मात्र भएकोले मैले एमाले रोजेको हुँ ।’
सोही क्रममा पाँच नं.को प्रस्तावित मुख्यमन्त्री समेत रहेका पोख्रेलले थारु समुदायको अधिकारलाई सुनिश्चता गर्ने पार्टी एमाले मात्र भएको बताउँदै थप अधिकार प्राप्तका लागि र थारु समुदायको जीवन स्तरलाई परिवर्तन गर्नका लागि बाम एकता भएको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *