आफ्नै पार्टीको हैसियतमा चुनाव लड्दै रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तराईका थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा र प्रदेशसभा गरी उसले १०४ जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएको छ। थारु र थरुहटको मुद्दा बोकेर स्थापित भएको यो पार्टीबाट पहिलो र दोस्रो संविधानसभामा पार्टी अध्यक्ष रुक्मिणी चौधरी समानुपातिक सभासद् बनेका थिए।

पार्टीको हैसियत पाउनलाई चुनावमा एउटा प्रत्यक्ष सिट जित्नैपर्ने र कम्तीमा ३ प्रतिशत मत पाउनेपर्ने बाध्यात्मक परिस्थितिका कारण साना पार्टीहरुले ठूला पार्टीसँग एकीकरण वा तालमेल गरेपनि रुक्मिणी चौधरी नेतृत्वको पार्टी एक्लैले थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

पार्टी अध्यक्ष चौधरी भने प्रत्यक्षतर्फ नउठेर समानुपातिक सूचीको पहिलो नम्बरमा आफ्नो नाम राखेका छन्। थरुहट मुद्दालाई बेवास्था गर्ने ठूला भनाउँदाका पार्टीहरुसँग जान नसकिने भन्दै उनले आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्।

आदिवासी जनजाति र थारु, मधेसीको मुद्दा बोक्ने विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र थरुहटको मुद्दा बोक्ने थरुहट तराई पार्टी विजय गच्छदारसँगै नेपाली कांग्रेसमा पुगेको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *