सुनसरी क्षेत्र २ मा युवा व्यवसायी एनआर चौधरीको स्वतन्त्र उम्मेदवारी

सुनसरी क्षेत्र नम्बर २ बाट युवा व्यवसायी एनआर चौधरीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। थरुहट आन्दोलनबाट राजनीतिमा उदय भएका ४२ वर्षीय चौधरी समाजसेवी पनि हुन्।
बराह नगरपालिका वडा ४ का स्थानीय चौधरीले पहिलो थरुहट आन्दोलनपछि थारु समुदायका सबालहरु र पहिचानका मुद्दालाई उठाउँदै आएका छन्। समाजिक अभियन्ताका छबि बनाएका उनले थारुका संघसंस्थाहरुलाई प्रबर्द्धनसमेत गर्दै आएका छन्।

सुनसरी क्षेत्र नम्बर २ मा ३५ हजार थारु मतदाता छन्। जसमा एकमात्र थारु प्रतिस्पर्धीको रुपमा एनआर चौधरी चुनावी मैदानमा उत्रिएका छन्। हुन त नेपाली कांग्रेसले सीताराम मेहता र बाम गठबन्धनले हिमाल सुवेदीलाई उम्मेदवार बनाएको छ। तर थारु बाहुल्य क्षेत्र मानिएकाले सो क्षेत्रमा उनको माहोल राम्रो रहेको स्थानीय थारु अगुवाहरु बताउँछन्।

थारु मुद्दालाई राम्रोसँग बुझेका चौधरी शिक्षित राजनीतिज्ञ पनि हुन्। उनले व्यवस्थापनमा स्नताकोत्तर गरेका छन्। उनले आफ्नो प्रमुख एजेन्डा पहिचानको रहने बताए। आदिवासी जनजाति, थारु, मधेसी र मुस्लिमलगायतका जातिहरुको सबाललाई प्रमुख एजेन्डा बनाउने उनले बताए। उनले आफ्ना क्षेत्रबासीलाई आफ्नो चुनाव चिन्ह मैनबत्तिमा भोट हाल्न सबैलाई अपिल गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *