गंगा सत्गौंवा चौधरीको नाम एमालेको समानुपातिक सूचीमा

थरुहट तराई पार्टी नेपालबाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेकी गंगा सत्गौंवा चौधरी नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन्। पहिचानविरोधी पार्टी भन्दै उनले नेकपा एमालेको कडा विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएकी थिइन्।

प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक सूचीमा उनको ७२ नम्बरमा नाम रहेको छ। गंगा चौधरीबाहेक बाराबाट भुगदेव चौधरी, नवलपरासीबाट मझिलाल थनेत, दाङबाटै शान्ता चौधरी, कैलालीबाट लक्ष्मी चौधरी र हनुमान चौधरी र सप्तरीबाट ममता चौधरी नाम पनि समावेश छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *