थारु भाषालाई सरकारी कामकाजी बनाउन बारबर्दिया नगरपालिकाको अभियान सुरु

थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर यहि कात्तिक १८ गते छलफल गराउने भएको छ । गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु कबिरले संयोजन गर्ने निर्णय गरिएको छ ।

थारु बहुल जिल्लामा थारुभाषालाई सरकारी कामकाजी भाषा बनाउँदा थारुभाषा संरक्षण हुने कुरा लेखक सुशील चौधरीले बताए । सरकारी कामकाजको लागि थारु भाषालाई पनि प्रयोग गर्नु र गराउनु राज्यको दायित्व हो र यो सम्माननीय कार्य हो चौधरीले बताए ।

साहित्यकार तथा अधिबक्ता सन्तराम धारकटुवा थारुले यो अभियानलाई बर्दिया जिल्लाबाट शुरुवाट गरि कैलाली, कञ्चनपुर, बाँके, दांग र अन्य जिल्ला समेत राष्ट्रियरुपमा अभियान चलाउने बताए ।

यसअघि बाँसगढी नगरपालिकाले भने थारुभाषालाई सरकारी कामकाजी भाषा बनाई सकेको छ । कात्तिक १८ गते हुन गई रहेको सो छलफलमा लेखक सुशील चौधरी र सन्तराम धारकटुवा थारुको संयुक्त अभ्यासमा कार्यपत्र प्रस्तुत गरिने छ भने पत्रकार एकराज चौधरीले टिप्पणी गर्ने जनाइएको छ । कार्यक्रम बारबर्दिया नगरपालिकाको कार्यालय हलमा हुने प्रमुख दुर्गा बहादुर थारु कबिरले जनाएका छन् । सो कार्यक्रममा जिल्ला भरिका नगरपालिका र गाउँपालिका प्रमुखहरुको साथै भाषा साहित्यमा काम गर्ने ब्यक्तिहरुको उपस्थिति रहनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *