सुखिलाल चौधरी नेतृत्वमा उदयपुरमा थारु पत्रकार संघको शाखा विस्तार

थारु पत्रकार संघ नेपालले आफ्नो १५ औं शाखा उदयपुरमा गठन गरेको छ। बिहीबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उदयपुरमा शाखा गठन गरेको हो।

थारु पत्रकार संघ नेपाललका केन्द्रीय सदस्य किशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७ सदस्य कार्यसमिति गठन गरेको हो। उदयपुर शाखाको अध्यक्षमा सुखिलाल चौधरीलाई सर्वसम्मतले चयन गरेको छ।

त्यस्तै डीएन चौधरीलाई सचिवमा र कविता चौधरीलाई कोषाअध्यक्षमा चयन गरेको छ। त्यस्तै सदस्यहरुमा ममता चौधरी, भाष्कर चौधरीलाई चयन गरेका छ।

थारु पत्रकार संघले यस अघि दाङ, बाँके, बर्दिया, कैलाली, कंंञ्चनपुर, बारा, सिरहा, सप्तरी, मोरङ, सुनसरीमा आफ्नो शाखा विस्तार गरिसकेको छ।

थारु पत्रकार संघ नेपालको यही कात्तिक १८ गते सुनसरीको झुम्कामा केन्द्रीय महाधिवेशन गर्दैछ। अधिवेशनमा नयाँ कार्ययसमिति चयन गर्ने छ। सुनसरी र मोरङ शाखाले अयोजन गर्ने महाधिवेशनको तयारी तिब्ररुपमा अगाडि बढाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *