सप्तरी क्रिकेट संघमा शैलेशकुमार चौधरी चयन

सप्तरी क्रिकेट संघको अध्यक्षमा शैलेशकुमार चौधरीलाई पुनः चयन गरेको छ । संघको राजविराजमा बुधबार सम्पन्न तेस्रो साधारणसभाले उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई चयन गरिएको छ । उनीहरु यसअघि पनि सोहि पदमा कार्यरत थिए ।

यसैगरी सदस्यमा राजेशकुमार झा, चन्दनकुमार यादव, तुलानाथ माझी, मनोजकुमार साह, वीरेन्द्र यादव, सतिशकुमार दत्त, रंजित चौधरी, सतिशकुमार सिंह, रवि राय, अनवर अली, नीरजसिंह र वीरेन्द्रकुमार यादवलाई चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।

साधारणसभाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *